काठमाडौं । जापानी अटोमोबाइल कम्पनी निसानले भारतमा उत्पादन गर्दै आएको एक मात्र मोडल म्याग्नाइटको फेसलिफ्ट मोडल आगामी महिना लन्च गर्ने भएको छ ।
कम्पनीले फेसलिफ्ट म्याग्नाइटको विभिन्न स्थानमा सडक परीक्षण गरिरहेको तस्वीरहरू लिकसँगै आगामी महिना सार्वजनिक हुने अनुमान गरिएको हो ।
फेसलिफ्ट म्याग्नाइट रिफ्रेस लुक्सको केही डिटेल्स लिक भएको छ । निसान म्याग्नाइट फेसलिफ्टको तस्वीर क्रयास टेस्ट गरिने स्थानबाट लिक भएको हो ।
फेसलिफ्ट म्यागनाइटमा रिडिजाइन गरिएको बम्पर, नयाँ हेडल्याम्प तथा ग्रिल एसेम्ब्ली, अपडेटेड एलईडी सिग्नेचर लाइट, नयाँ डिजाइनको अलोय ह्वील लगायत बाहिरी आवरणमा परिवर्तन भएको देखिन्छ ।
म्याग्नाइट फेसलिफ्टमा इन्टेरियरमा भने केही सामान्य बाहेकको परिवर्तन नभएको जनाइएको छ । यसको ड्यासबोर्ड पहिलाकै डिजाइनमा रहेको छ ।
निसानले म्याग्नाइटलाई भारतमा उत्पादन गरेर विभिन्न देशहरूमा निर्यात गरिरहेको छ । भारतको प्लाण्टमा लेफ्ट ह्याण्ड र राइट ह्याण्ड ड्राइभ दुवै अप्सनमा उत्पादन हुन्छ । निसानले सुरूआतमा लेफ्टह्याण्ड डाइभ मुलुकमा निर्यात गर्ने जनाएको छ । निसानले म्याग्नाइटको राइटह्याण्ड भने आगामी वर्षको सुरूआतमा मात्र लन्च गर्नेछ ।
निसान म्याग्नाइटमा १.० लिटर पेटोल इन्जिन रहेको छ । यो इन्जिनले ७२ हर्सपावर तथा ९६ न्युटन मिटरको टर्क जेनेरेट गर्छ । अर्को १.० लीटरकै टर्बो पेट्रोल इन्जिनले १०० हर्सपावर तथा १६० न्युटन मिटर टर्क जनेरेट गर्छ । यसमा ५ स्पीडको म्यानुअल तथा एएमटी गियरबक्सको अप्सन रहेको छ ।