काठमाडौं । निसानले आफ्नो पहिलो कम्प्याक्ट एसयूभी म्याग्नाइटको ग्लोबल प्रिमियर गरेको छ । कम्पनीको अनुसार भारतीय बजारमा यो सब फोर मिटर एसयूभीको बिक्री यही आर्थिक वर्षबाट सुरु हुने छ ।
निसान म्याग्नाइटले अहिले बजारमा बिक्री बितरण भई रहेको हुन्डाईको भेन्यू, मारुती सुजुकी ब्रेजा, टाटा नेक्सन, महिन्द्रा एक्सयुभी ३००, फोर्डको इकोस्पोर्ट तथा चाँडै बजारमा आउन लागेको कियाको सोनेटसँग प्रतिस्पर्धा गर्नेछ ।
आज देखाइएको सव फोर मिटर एसयूभीमा स्पोर्टस ब्ल्याक ग्रिलमा सिल्भर विङ्ग दिएको छ । बम्परमा भर्टिकल स्याक्ड जेड सेप रहेको छ । जसमा सिग्नेचर एलईडी डिआरएल तथा स्प्लीड हेडल्याम्पले अगाडिको भागलाई बोल्ड देखाएको छ ।

साइडबाट हेर्दा यसमा दिएको ह्वील आर्क तथा मोटो सिपिल्लरका साथै स्ट्रङ सोल्जर लाइनले यसलाई अझ स्पोर्टी देखाएको छ । रियर टेल लाइट कम्प्याक्ट तथा स्केट प्लेट सहितको बम्परले यसको पछाडिको लुक्सलाई आक्रामक देखाएको छ ।

यसको इन्टेरियर आज देखाइएको छैन । यद्यपी समाचारहरुमा जनाइए अनुसार यसमा क्लासमै पहिलो फिचरहरु समावेस छन् । निसानको ‘मेक इन इन्डिया, मेक फर ओल्ड’मा आधारित रहेर जापानमा डिजाइन भई भारतमा निर्माण गरिएको हो ।
निसानको ग्लोबल एसयूभी डिएनएमा आधारित यस एसयूभीले भारतीय मार्केटको आवस्यकता तथा आकांक्षाहरुमा खरो रुपमा प्रस्तुत हुने निसान मोटर भारतका प्रबन्ध निर्देशक राकेश श्रीवास्तबले दावी गरेका छन् ।

साथै, यही अवशरमा निसानले आफ्नो नयाँ लोगो समेत सार्वजनिक गरेको छ ।

