भिडियोमा हेर्नुहोस् ‘निसान म्याक्स-आउट’

काठमाडौं । जापानी कार निर्माता निसानले आफ्नो ‘म्याक्स-आउट’को फिजिकल कन्सेप्ट सार्वजनिक गर्ने भएको छ । कम्पनीले यसअघि डिजिटल कन्सेप्ट मात्रै देखाएकोमा पहिलो पटक फिजिकल कन्सेप्ट देखाउने भएको हो ।

सन् २०२१ मा नै डिजिटल कन्सेप्ट देखाएको कन्भर्टेवल कार म्याक्स-आउट कन्सेप्ट दुई सिट क्षमता रहेको छ । कम्पनीले त्यति वेला देखाएको कन्सेप्टमा कन्भर्टेवल, क्रसओभर र पीकअप देखाएको थियो ।

निकै फ्यूचरस्टिक कन्सेप्टमा तयार भएको निसान म्याक्स-आउटमा रहने फिचर, मोटर, पावर लगायतका टेक्नीकल डिटेल केही दिन भित्रै जापानबाट सार्वजनिक हुने जनाइएको छ ।


Back_to_top