काठमाडौं । निसानले एक महिनाअघि भारतमा सार्वजनिक गरेको सब फोर मिटर एसयूभी निसान म्याग्नाइटको मूल्य बढाएको छ । कम्पनीले सुरुवाती केहि दिनको लागिभन्दै म्याग्नाइटको एक्स शोरुम मूल्य ४ लाख ९९ हजार भारतीय रुपैयाँ तोकेर ल्याएको थियो । अब यसको मूल्य बढाएर ५ लाख ५५ हजार कामय गरिएको छ ।
भारतमा निसान म्याग्नाइटको उच्च बुकिङ भएसँगै कम्पनीले नयाँ मोडलको मूल्य बढाएको हो । निसानले भारतमा म्याग्नाइटको अलावा अन्य सबै मोेडलको मूल्यमा ५ प्रतिशतले वृद्धि गरेको छ ।
यसले नेपाल आउने तयारीमा रहेको निसान म्यागनाइटको संम्भावित मूल्य महंगो हुने भएको छ ।
भारतमा नयाँ आएको मूल्य अनुसार नेपालमा म्याग्नाइटको मूल्य २९ लाख ५० हाजार कायम भएर विक्री सुरु हुने अनुमान गरिएको छ ।

निसानले म्याग्नाइटमा केहि सेग्मेन्ट फर्ष्ट फिचर दिएको छ । अराउन्ड भ्यू मोनिटर, ७ इन्चको फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, मोवाइल होल्डरको साथ रियर आर्मरेष्ट, वायरलेस एन्ड्रोइड अटो र एप्पल कार प्ले, इको फङ्सन, कलर र वेलकम एनिमेशन जस्ता फिचरले म्याग्नाइटलाई प्रिमियम बनाएको छ ।
कारमा दिइएको लाइटहरु सबै एलइडी प्रयोग गरिएको छ भने ७ इन्चको फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर र ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टमले ड्यासबोर्डलाई आकर्षक बनाएको छ । सेग्मेन्टमा नै पहिलो पटक उपलब्ध ३६० डिग्री क्यामेराले ग्राहकलाई लोभ्याउने छ ।
यद्यपी सेग्मेन्टमा नै सबैभन्दा सानो इन्जिन प्रयोग भएको म्याग्नाइटले पावर चाहने ग्राहकलाई भने निरास बनाउन सक्छ । यसमा १.० लिटर पेट्रोल र १.० लिटर टर्बो पेट्रोल इन्जिन उपलब्ध रहेको छ । यसमा ५ स्पीड म्यानुयल र अटोमेटिक गियरबक्स उपलब्ध रहेको छ ।
आगामी जनवरी अन्तिम वा फेब्रुअरी पहिलो साताबाट म्याग्नाइटको नेपालमा विक्री सुरु हुने छ । यसको टप भेरियन्टको मूल्य ४३ लाख ५० हजार रुपैयाँसम्म पर्ने अनुमान गरिएको छ ।

