काठमाडौं । नेपाल राष्ट्र बैंकले सन् २०१२ मा बनेको फोर ह्वील ड्राइभ स्कर्पियो लिलाम बिक्री गर्ने भएको छ । बैंकले बा ९ च ६५२७ नम्बरको स्कर्पियो १२ लाख ५ हजार रुपैयाँ न्यूनतम मूल्य राखेर बोलपत्र आह्वान गरेको हो ।
स्कर्पियो बाहेक ४ यूनिट सेभ्रोलेट टाभेरा र स्वराज माज्दा बस एक यूनिट लिलाम बिक्री गर्न लागेको हो । यी सबै गाडीको लिलाम बिक्रीको लागि नेपाल राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गर्दै पुराना गाडीको लिलाम बिक्री निकालेको छ ।

लिलाम बिक्रीमा सहभागि हुन चाहने ब्यक्ति तथा संघ संस्थाले साउन १६ गते भित्रमा सिलबन्दी बोलपत्र हाल्नु पर्ने हुन्छ । लिलाममा सहभागिले हरेक गाडीको लागि छुट्टाछुट्टै बोलपत्र दाखिला गर्नु पर्ने हुन्छ ।
बैंकले बसको न्यूनतम मूल्य ४ लाख १५ हजार रुपैयाँ तोकको छ भने सेभ्रोलेट टाभेराको मूल्य ९ लाख ६२ हजारबाट सुरु गरेको छ । बस बाहेक सबै गाडी २०१२ मोडल हुन् ।



