भोलि उपत्यकामा बिजोर नम्बरका सवारीसाधन मात्रै चलाउन पाइने

काठमाडौं । चौथो विमिस्टेक शिखर सम्मेलनमा भाग लिन पाहुनाहरु आउने क्रम सुरुभएको छ । सम्मेलनलाई भब्य र ब्यवस्थित बनाउन सरकारले उपत्यकामा संचालन हुने सवारीसाधनमा भोलीबाट जोर–बिजोर नम्बर लागु गर्ने छ । 

भोलि भदौ १३ गते सम्मेलन सम्मेलन तयारीको दिन बिजोर नम्बरका सवारीसाधन मात्रै चल्नेछन् । १४ गतेलाई जोर नम्बरका सवारीसाधनमात्र सडकमा गुड्ने छन् भने भदौ १५ गते अन्तिम दिन बिजोर नम्बरका सवारी साधनलाई मात्र गुडाउन पाइने छ । 

सम्मेलनमा सहभागी हुन आउने पाहुनाहरूको आवागमनलाई व्यवस्थित र सहज बनाउन तीन दिन उपत्यकामा सञ्चालन हुने सम्पूर्ण निजी र भाडाका सवारी साधनमा जोर विजोर प्रणाली लागु हुने भएको हो ।

सवारी साधनको अन्तिम अंक १,३,५,७ र ९ भएमा यी सवारी साधनहरु विजोर हुन् । यी सवारी साधन १३ र १५ गते मात्रै चल्न पाउने छन् ।

सवारी साधनको अन्तिम अंक ०,२,४,६ र ८ भएमा यी सवारी साधनहरु जोर हुन् । यी सवारी साधन १४ गते मात्रै चल्न पाउने छन् ।


Back_to_top