सिंगल चार्जमा १६० किमि चलाउन मिल्ने ओकिनवा नयाँ स्कुटर, यस्तो छ मूल्य

काठमाडौं । ओकिनवा इलेक्ट्रीकको नयाँ स्कुटर नेपालमा सार्वजनिक भएको छ । कम्पनीले ओकिनवा ओकी९० इलेक्ट्रीक स्कुटरको विक्री सुरु गरेको हो ।

ओकिनवा इलेक्ट्रीक स्कुटरको आधिकारीक विक्रेता विक्की इन्टरप्राइजेजले ओकी ९० स्कुटर विक्री सुरु गरेको हो ।

कम्पनीले ४ लाख रुपैयाँ मूल्य निर्धारण गरेर विक्री सुरु गरेको यो स्कुटरले एकपटकको फुलचार्जमा १६० किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ ।

ओकिनवा ओकी ९० मा ३.८ किलोवाट पिक पावर क्षमताको सेन्टर मोटर रहेको छ । यो स्कुटरमा ३.६ किलोवाट क्षमताको रिमुभएवल लिथियम आयन ब्याट्री उपलब्ध छ ।

पर्फमेन्स स्कुटरको रुपमा यो स्कुटरको टप स्पीड ९० किलोमिटर प्रतिघन्टा रहेको छ । यो स्कुटरमा दुबै चक्कामा डिस्क ब्रेक दिइएको छ ।

यस स्कुटरमा सेग्मेन्टकै पहिलो ४० लिटर क्षमताको बुट स्पेश रहेको कम्पनीको दावी छ । आकर्षक १७५ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको स्कुटर रातो, कालो, निलो र सेतो गरी ४ कलरमा उपलब्ध छ ।

ओकी ९० मा मल्टी एलइडी हेडल्याम्प, एलइडी डिआरएल, किलेस स्टार्ट, एन्टि थेफ्ट अर्लाम, यूएसबी पोर्ट, साइड स्ट्याण्ड सेन्सर जस्ता फिचर्स उपलब्ध रहेको छ ।


Back_to_top