काठमाडौं । इलेक्ट्रीक स्कुटर निर्माता कम्पनी ओलाले नयाँ स्कुटर बजारमा सार्वजनिक गरेको छ । कम्पनीले ओला एस १ भारतीय बजारमा ल्याएको हो ।
ओलाले गत वर्ष नै एस १ सार्वजनिक गर्ने घोषणा गरेको थियो । कम्पनीले एक वर्षपछि ‘ओला एस१’ मोडलको स्कुटर बजारमा उतारेको हो । यो स्कुटर सेप्टेम्वर २ देखि ग्राहकले खरिद गर्न सक्नेछन् ।
ओला एस १ स्कुटरमा ३ किलोवाट क्षमताको ब्याट्री क्षमता छ । यसकाे टप स्पीड ९५ किलोमिटर प्रति घण्टा रहेको छ । यो स्कुटरले एक पटकको फुल चार्जमा अधिकतम १३१ किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ ।
५ कलर अप्सनमा सार्वजनिक यो स्कुटरमा म्युजिक, नेभिगेसन, एप, तीन मोड, एलइडी हेडल्याम्प लगायतका फिचर उपलब्ध छन् ।
स्कुटरको मूल्य १ लाख भारतीय रूपैयाँ तोकिएको छ ।


