दशैंलाई लक्षित गर्दै टीभीएसले नयाँ मोटरसाइकल रोनीन नेपाल ल्याउने

काठमाडौं । टीभीएस मोटरसाइकल तथा स्कुटरको लागि नेपालको आधिकारीक वितरक जगदम्वा मोटर्सले दशैंलाई लक्षित गरेर नयाँ मोटरसाइकल नेपाल ल्याउने भएको छ । कम्पनीले नयाँ क्रुजर मोटरसाइकल दशैंमा नेपाल ल्याउन लागेको हो ।

टीभीएसको बहुप्रतिक्षित मानिने मोटरसाइकल रोनीन केही समय अगाडि भारतमा विक्री सुरु भएको थियो । भारतमा राम्रो प्रतिक्रिया पाइरहेको रोनीन नेपाल ल्याउने तयारी भइरहेको जगदम्बा मोटर्स स्रोतले मेरोअटोलाई जानकारी दियो ।

सरकारले आयात प्रतिबन्ध लगाएको भएपनि टीभीएसले नेपालमै एसेम्बल गर्ने भएको कारण उसको कुनै पनि मोडलको आयात रोकिएको छैन । यस्तोमा कम्पनीले अन एसेम्बल अवस्थाको रोनीन नेपाल ल्याएर एसेम्बल गर्ने तयारी भइरहेको छ ।

यस्तो छ मोटरसाइकल

टीभीएस रोनीनमा २२५.९ सीसी क्षमताको इन्जिन दिइएको छ । उक्त इन्जिनले ७७५० आरपीएममा २० बीएच पावर तथा ३७५० आरपीएममा १९.९३ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरका साथै स्लीपर क्लचसमेत ग्राहकले पाउने छन् ।

यसको फ्रन्टमा राउन्ड सेप एलइडी हेडल्याम्प रहेको छ । यसमा टी सेप एलइडी डिआरएल दिइएको छ । त्यस्तै, क्लासिक डिजिटल स्मार्ट क्लष्टर र भ्वाइस कमान्ड फिचरसमेत उपलब्ध रहेको छ ।

कम्पनीले यो मोटरसाइकलको फ्रन्टमा गोल्डेन कलर यूएसडी फर्क सस्पेन्सन र रियरमा मानोशक सस्पेन्सन दिएको छ । रोनीनको राइडिङ पोस्चर अप राइड पोजिशनिङ छ भने कम्र्फटका लागि वाइड सिंगल पिस सिट दिएइको छ ।

त्यस्तै यो मोटरसाइकलमा १७ इन्च ह्वील, दुबै चक्कामा डिस्क ब्रेकका साथै एबीएस फिचर पाउन सकिन्छ । यसका अलावा रोनीनमा राइड मोड, फुल एलइडी हेडल्याम्प, टी सेप एलइडी डीआरएल, साइलेन्ट स्र्टाट फिचर जस्ता फिचर दिइएको छ ।


Back_to_top