नेपालमै पहिलो पटक अनलाइन गाडी रेन्टको सेवा

काठमाडौं । सजिलो रेन्टलले नेपालमै पहिलो पटक अनलाइन गाडी रेन्ट सुरूआत गरेको छ । कम्पनीले ग्राहकको सुविधाका लागि मोबाइल एप वा वेबसाइटबाटै गाडी भाडामा लिन÷दिन सक्ने सुविधा संचालन गरेको हो ।

कम्पनीको ‘सजिलो रेन्टल’ मोबाइल एप वा वेबसाइटमार्फत ग्राहकहरूले आफूलाई आवश्यक परेको समयमा गाडी भाडामा लिन र सवारी धनीहरूले सजिलै गाडी भाडामा दिन सक्छन् ।

सजिलो रेन्टल एपले गाडी आवश्यक भएका ग्राहकहरूलाई सफा, स्वच्छ र आरामदायी कार, जीप, हायस, कोस्टर तथा पर्यटकीय बसहरू सजिलै उपलब्ध गराउँदै आएको छ ।

कम्पनीका संस्थापक दामोदर फुयाँलले मानिसहरूले घुमफिरमा जानका लागि सजिलै गाडी भाडामा नपाउने समस्या समाधान गर्न यो एप संचालनमा ल्याइएको बताए ।

सजिलो रेन्टलले नेपालमा बस्नेहरूलाई मात्रै नभई विदेशबाट नेपाल फर्किने तयारी गरिरहेकाहरूलाई पनि सेवा दिन्छ । कम्पनीले नेपालका सातै प्रदेशका प्रमुख सहरहरू पोखरा, चितवन, बुटवल, धनगडी, नेपालगञ्ज, इटहरी, बिर्तामोड र काठमाडौँमा यो सेवा प्रदान गर्दै आइरहेको छ ।

यात्राको क्रममा हुने जोखिम न्यूनीकरणका लागि ग्राहकले रिजर्भ गर्ने गाडीमा अनुभवी ड्राइभर उपलब्ध गराइने कम्पनीले जनाएको छ । ग्राहकले न्यूनतम चार घन्टादेखि १ महिना वा त्योभन्दा बढी समयका लागि आवश्यक परेको कार, स्कर्पियो, हायस वा बस भाडामा लिन सक्छन् ।

सजिलो रेन्टलका ग्राहकहरूले परम्परागत शैलीमा गाडी मिलाइदिने ब्रोकरलाई अनावश्यक रकम भुक्तानी गर्नु पर्दैन भने वित्तीय पारदर्शीता पनि प्रर्बद्धन गर्ने योजना रहेको व्यवस्थापक जर्नादन गौतमले बताए ।

कारपुल सेवा 

पछिल्लो समय कम्पनीले ‘कारपुल’ को समेत व्यवस्था गरेको छ । कारपुल भनेको गाडी यात्राको साझेदारी हो, जसमा एकभन्दा बढी व्यक्तिले न्यूनतम मूल्यमा यात्रा गर्न पाउँछन् । यो अवधारणा नेपालमा कोभिड र नाकाबन्दीको समयमा चलेको थियो ।

कारपुल सेवा अन्तर्गत ग्राहकहरूले सजिलै आफ्नो गन्तव्यमा पुग्नका लागि सोही ठाउँमा जाने योजना बनाएका मानिसका बीचमा सम्पर्क गराउँछ । यो फिचर प्रयोग गर्दा यात्रुहरूले कम्पनीलाई कुनै शुल्क बुझाउन पर्दैन ।

कारपुलको मुख्य फाइदा निरन्तर यात्रा गरिरहने यात्रुहरूलाई हुन्छ । यो सेवा लिँदा यात्रा गरिराख्ने यात्रुले बजारमा गएर गाडी छान्नु पर्ने तथा गाडी समयमा नआउँदा पर्ने मानसिक समस्याको सहज समाधान गर्न सक्छ ।

सञ्चालनमा आएको १ वर्षमा नै कम्पनीले नेपालभरी करिब २ हजार ५०० गाडीहरूबाट सेवा प्रदान गरिरहेको छ । विश्व प्रविधिमैत्री भइरहँदा सहज तरिकाबाट गाडी भाडामा लिने र दिने प्रवृतिको विकासका लागि सजिलो रेन्टल मोबाइल एप सञ्चालनमा आएको हो ।

एण्ड्रोइड फोनका प्रयोगकर्ताले गुगल प्ले तथा आइफोनका प्रयोगकर्ताले एप्पलको एप स्टोरबाट सजिलो रेन्टल एप डाउनलोड गरी सेवा सुरू गर्न सक्छन् । काठमाडौंको पुतली सडकमा कार्यालय रहेको सजिलो एपको उपलब्ध गराइएको मेसेन्जरबाट पनि सिधै सवारी साधन बुक तथा जानकारी लिन सकिने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।


Back_to_top