हेर्नुहोस् १४ औँ नाडा अटो शोको तयारी १४ तस्विरमा

काठमाडौं । नाडा अटो शोको कुम्भ मेला भोलिबाट काठमाडौंको भृकुटीमन्डपमा सुरु हुँदैछ । चिल्ला कार र स्टाइलिस मोटरसाइकलले झकिझकाउ हुने मेला स्थल निर्माणको क्रममा कस्तो थियो भन्ने सोच्दै हुनुहुनछ भने हामी तपाईलाई त्यहाँको अवस्था तस्विरमा देखाउँदैछौ । 

भोलिबाट ६ दिनसम्म चल्ने १४ औं संस्करणको नाडा अटो शो २०१९ मा २३ चारपाङ्ग्रे र १९ दुइपाँग्रे सवारी बिक्रेता कम्पनीले सहभागिता जनाउने छन् । 

अटो शोमा दुई पाङ्ग्रे र चारपाङ्ग्रे बाहेक १२ ब्रान्डका लुब्रिकेट, ९ ब्रान्डका टायर, ५ वटा ब्रान्डका ब्याट्री , १४ वटा पार्टपुर्जा एवं ग्यारेज उपकरणका कम्पनी तथा १३ वित्तीय संस्थाको सहभागिता रहने छ । प्रदर्शनीमा ठूला तथा साना गरि १६० वटा ब्लक राखिने छन् ।

चार पाङ्ग्रेतर्फ इसुजु, रेनो, हुन्डाई, फक्सवागेन, ड्याटसन, फोर्ड, सुजुकी, होन्डा, एमजी, पुज्यो, फोटोन, फियात, जिप, साङयोङ, टोयोटा, महिन्द्रा, टाटा, किया, माज्दा, मित्सुविसी, निसान र बीवाईडी, दाय कम्पनी सहभागी हुने भएका छन् ।

त्यस्तै दुई पाङ्ग्रेमा यामाहा, हिरो, सीएफमोटो, बेनेली, भेस्पा, अप्रिलिया, रोयल इन्फिल्ड, होन्डा, केटीएम, सुजुकी, एनआइयु, बजाज, रनर, बीएमडब्ल्यु, मियामा, योमा मा ई, एमभी अगस्टा, टीभीएस, सुपर सोको र जीपीएक्स ब्रान्डको सहभागिता रहने छ । 


Back_to_top