काठमाडौं । महिन्द्राको कान्छो एसयूभी एक्यूभी ३०० को मूल्य सार्वजनिक भएको छ । नेपालको लागि आधिकारीक बिक्रेता अग्नी इन्कर्पोरेट प्रालिले दूई इन्जिन अप्सन सहित ६ भेरियन्टमा आएको एक्यूभी ३०० को मूल्य सार्वजनिक गरेको हो ।
कम्पनीले डब्लु ४, डब्लु ६, डब्लु ८ र डब्लु ८ (अफ्सनल) गरि चारवटा भेरियन्टमा उपलब्ध गराउने छ ।
नयाँ एक्सयूभी ३०० पेट्रोल भेरियन्ट डब्लु ४ को मूल्य ३९ लाख ७५ हजार र र डब्लु ८ (अफ्सनल)को मूल्य ५६ लाख ५० हजार रुपैयाँ तोकेको छ । त्यस्तैगरि डिजेलमा डब्लु ४ भेरियन्टको मूल्य ४१ लाख २५ हजार, डब्लु ६ भेरियन्टको ४५ लाख, डब्लु ८ भेरियन्टको ५१ लाख ५० हजार र डब्लु ८ (अफ्सनल) को मूल्य ५७ लाख २५ हजार रुपैयाँ तोकिएको छ । यी सवारीसाधन नेपालभर रहेका अग्नि इन्कर्पाोरेटेडका डिलर सञ्जालमा उपलब्ध हुने भएको छ ।
भारतीय बजारमा अध्याधिक रुचाइएको सबकम्प्याक्ट एक्सयूभी ३०० कम्पनीको लेटेस्ट डिजाइन र अध्याधुनीक सेग्मेन्ट फस्ट थूप्रै विशेषतासहित आएको एसयूभी हो ।
महिन्द्रा एण्ड महिन्द्राको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटले यस पटकको नाडा अटो शोमा बहुप्रतिक्षीत एक्सयूभी ३०० र नयाँ एमपीभी मराजो सहित टीयूभी ३०० र स्कर्पीयो पिकअप राख्ने जानकारी दिएको छ ।
यो एसयूभी ६ रंगहरू एक्वा मरिन, सनब्रस्ट ओरेन्ज, रेड रेज, पर्ल ह्वाइट, नपोली ब्लाक, डी–स्याट सिल्भर मा उपलब्ध छ भने एक्वा मरिन र तथा रेड रेज डब्लू ८ (अप्सनल) प्याकमा मात्र उपलब्ध छ ।
एक्सयूभी ३०० कम्फर्ट मोडमा सहरी ट्राफिकमा सहजतापूर्वाक सञ्चालन गर्ने सुविधा प्राप्त हुन्छ भने स्पोर्ट मोर्डले उच्च गति र जोशका लागि तपाईको आवश्यकता पूरा गर्छ ।
भोलिबाट सुरु हुने नाडा अटो शोमा महिन्द्राको सबफोर मिटर एसयूभी एक्सयूभी ३०० र नयाँ एमपीभी मराजो विशेष आकर्षणको रुपमा रहनेछ ।
कम्पनीले मराजोको पनि मूल्य निर्धारण गरेको छ । जसमा एम ६ को मूल्य ५८ लाख २० हजार र एम ८ को मूल्य ६४ लाख ३० हजार रुपैयाँ तोकिएको छ ।


