पल्सर एन १५० को मूल्य बढ्यो, यस्तो छ नयाँ मूल्य

pulsar n150

काठमाडौं । बजाजले पल्सर एन १५० को मूल्य वृद्धि गरेको छ । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलास चन्द एण्ड कम्पनीले जेठदेखि लागू हुने गरी पल्सर एन १५० को नयाँ मूल्य सार्वजनिक गरेको हो ।

सार्वजनिक नयाँ मूल्यसूची अनुसार पल्सर एन १५० को मूल्य ४ हजार रुपैयाँले बढेको छ । कम्पनीले हाल ३ लाख ६७ हजार ९०० रुपैयाँ रहेको पल्सर एन १५० को मूल्य ३ लाख ७१ हजार ९०० रुपैयाँ पुर्याएको छ ।

बजाजले गत वर्ष जेठ महिनामा नेपाली बजारमा पल्सर एन १५० मोटरसाइकलको बिक्री सुरू गरेको थियो ।

कम्पनीले अन्य मोटरसाइकलको मूल्य भने यथावत नै राखेको छ ।

यस्तो छ मोटरसाइकल

पल्सर एन १५० निकै स्पोर्टी डिजाइन भएको मोटरसाइकल हो ।

पल्सर एन १५० मा १४९.६८ सीसी सिंगल सिलिन्डर एफआई इन्जिन दिइएको छ । यो इन्जिनले १४.३ बीएच पावर तथा १३.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ ।

पल्सर एन १५० मा इन्फिनिटी डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, चार्जिङ पोर्ट, एबीएस जस्ता फिचर उपलब्ध छ ।


Back_to_top