नेपालमा निसान म्याग्नाइट धेरै विक्री हुनुका ९ कारण

काठमाडौं । सब फोर मिटर सेग्मेन्टमा निसान म्याग्नाइट नेपालमा निकै रुचाइएको मोडल भएको छ । नेपाल आउन सुरु भएको करिब १० महिनामा नै १२ सय यूनिट विक्री आँकडा भेट्टाएको म्याग्नाइट ग्राहकले मनपराउनुको कारण धेरै रहेका छन् ।

नेपालमा निसान ब्राण्डलाई हेर्ने नजर निकै प्रिमियम रहेको छ । जापानी कम्पनी निसान नेपालमा करिब ३८ वर्षदेखि निरन्तर चल्दै आएको ब्राण्ड हो । जापानी ब्राण्ड नै यसको सबैभन्दा बलियो पक्ष मान्नेहरु बजारमा थुप्रै भेटिन्छन् ।

ब्राण्ड नेम मात्र होइन, निसान म्याग्नाइटको सफलतमा कम्पनीले दिएका फिचर, डिजाइन र मूल्यपनि मुख्य कारण हुन् । यस्तोमा किन नेपालमा म्याग्नाइटले ठूलो सफलता पाइरहेको छ भन्ने विषयमा हामीले चर्चा गरेका छौं ।

१. कम मूल्यः निसान म्याग्नाइटको सफलतको पहिलो कारण यसको मूल्य हो । पायोनियर मोटोकर्पले सुरुवाती दिनमा इन्ट्री भेरियन्टको मूल्य २९ लाख ४९ हजार रुपैयाँ तोकेर विक्री सुरु गरेको थियो । त्यस्तै टप भेरियन्टको मूल्य ४२ लाख रुपैयाँ मात्र थियो ।

अन्तर्राष्ट्रिय बजारमा गाडीको मूल्य वृद्धिको क्रम सुरु भएसँगै यसको मूल्य ३१ लाखदेखि ४५ लाख ९९ हजारसम्म पुगेको छ ।

२. दुई इन्जिन अप्सनः निसानले म्याग्नाइटलाई कम मूल्यमा ल्याउन कै लागि यसमा १.० लिटर क्षमताको दुई इन्जिन अप्सन दिएको हो । यसमा नेचुरल्ली एस्पीरेटेड र टर्बो इन्जिन दिइएको छ ।

कम मूल्यमा म्याग्नाइट खोज्नेले नेचुरल एस्पायर्ड इन्जिन र धेरै पावर चाहने ग्राहकले टर्बाे चार्ज्डमा बढी रकम तिर्नु पर्ने भएकाले आफ्नो आवश्यकता अनुसार इन्जिन छनोट गर्न पाइने छ ।

 

३. उत्कृष्ट अटोमेटीक गियरबक्सः निसान म्याग्नाइटको अटोमेटीक भर्सन किन्न चाहने ग्राहकले सिभीटी गियरबक्स पाउने छन् । सिभीटी गियरबक्सलाई निकै राम्रो अटोमेटीक गियरबक्सको रुपमा लिने गरिन्छ । साथै यसमा ५ स्पीड म्यानुयल गियरबक्स रहेको छ ।

४. फिचर लोडेडः म्याग्नाइटको टप स्पेकमा वायरलेस चार्जर, वायरलेस एप्पल कार प्ले, जेबीएलको साउन्ड सिस्टम, रियर एसी भेन्ट, ३६० डिग्री क्यामेरा, उत्कृष्ट इन्फोटेन्टमेन्ट सिस्टम जस्ता फिचर उपलब्ध छन् ।

५. टायर प्रेसर मोनिटर सिस्टमः निसानले म्याग्नाइटमा टायर प्रेसर मोनिटरिङ सिस्टम दिएर प्रतिस्पर्धीलाई चुनौति थपेको छ । तर, माथिल्ला भेरियन्टमा मात्रै यो सुविधा उपलब्ध रहेको छ ।

६. पूर्ण डिजिटल क्लष्टरः यो सेग्मेन्टमा उपलब्ध धेरै मोडलमा सेमी डिजिटल क्लष्टर उपलब्ध रहेको छ । तर, म्याग्नाइटमा ग्राहकले पूर्ण डिजिटल इन्ट्रुमेन्ट क्लष्टर पाउने छन् ।

७. सुरक्षा फिचरः म्याग्नाइटलाई सुरक्षीत एसयूभी बनाउन कम्पनीले ट्रायाक्सन कन्ट्रोल, हिल स्टार्ट एसिस्ट, एबीएस, इबीडी, कम्तीमा दुई एयरव्याग जस्ता फिचर दिएको छ ।

८. ठूलो स्पेशः २५०० एमएमको ह्वीलवेस, २०५ एमएमको ग्राउन्ड क्लियरेन्स, १७५८ एमएम चौडाई रहेको म्याग्नाइटको भित्रै निकै धेरै ठाउँ भएको अनुभव गर्न सकिन्छ ।

९. रोडमा आकर्षक देखिनुः मानिसले कुनै पनि गाडी किन्नुअघि यसको लुक्समा धेरै ध्यान दिने गरेको पाइन्छ । म्याग्नाइटको अगाडि भागमा प्रयोग भएको ठूलो ग्रिल, स्लीक एलइडी डे टाइम रनिङ लाइट, एलइडी फगल्याम्प, स्पोर्टी बडी डिजाइनको कारण यसलाई सडकमा गुड्दा निकै आकर्षक देखिन्छ ।


Back_to_top