काठमाडौं । क्लासीक लेजेन्डले आफ्नो उत्पादन क्षमता वृद्धि गर्ने योजना अनुरुप नयाँ मोटरसाइकल सार्वजनिक गर्ने भएको छ । हाल क्लासीक लेजेन्डले जावा ब्रान्ड नेममा ३ मोडलको मोटरसाइकल उत्पादन गरिरहेको छ ।
कम्पनीले अब नयाँ ब्रान्ड नेममा दुई नयाँ मोटरसाइकल ल्याउने भएको हो ।
कम्पनीले येज्दी ब्रान्डका नयाँ मोटरसाइकल सार्वजनिक गर्ने तयारी थालेको हो । त्यसै अनुरुप कम्पनीले येज्दी नयाँ टीजर सार्वजसनिक गरेको छ । यस अघि याज्दी ब्रान्ड बन्द भएको थियो । क्लासीक लेजेन्डको स्वामीत्व महिन्द्राले खरिद गरे पश्चात २०१८ मा जावाले फेरी उत्पादन थालेको थियो भने अब येज्दी ब्रान्डमा नयाँ मोटरसाइकल आउने भएको हो ।
हाल येज्दीको दूई नयाँ मोटरसाइकल सार्वजनिक हुने अनुमान गरिएको छ । यस अघि धेरै पटक याज्दीकौ स्क्रयाम्वलर र एड्भेन्चर मोटरसाइकल परिक्षणको क्रममा देखिएको छ ।
येज्दीले हालै जारी गरेको टीजरमा सार्वजनिक मिति भने निर्धारण गरेको छैन् । यहि महिनाको अन्त्यसम्ममा येज्दीले मोटरसाइकल सार्वजनिक गर्ने अनुमान गरिएको छ भने यसको व्यवसायीक सुरुवात २०२२ नोभेम्वरदेखि हुने बताइएको छ । येज्दीले सार्वजनिक गरेको उक्त टीजर जावा मोटरसाइकलको आधिकारिक ह्यान्डलले सेयर गरे पश्चात येज्दीको चर्चा चुलिएको छ ।
केही समय अघि नै भारतमा येज्दी रोडकिङ्ग नाम ट्रेडमार्क दर्ता भइसकेको छ । येज्दी रोडकिङ्ग स्क्रयाम्वलर र यसको एड्भेन्चर मोडल कम्पनीले सार्ववजनिक गर्ने योजना कम्पनीले बनाएको विभिन्न भारतीय मिडियाले जनाएको छ ।

