बजारमा ४० हजारदेखिका मोटरसाइकल, किस्ता पनि तिर्नु नपर्ने

काठमाडौं । लकडाउन सकिएसँगै बजारमा चहलपहल बढ्न सुरु गरेसँगै मोटरसाइकल किन्न चाहनेलाई रिकन्डिसन बजार उपयूक्त हुन्छ । करिब ४० हजार रुपैयाँदेखि नै बजारमा राम्रो कन्डिसनका मोटरसाइकल पाउने भएकाले आफ्नो काममा जानेको लागि यी साधन उपयुक्त हुन्छन् । यसरी मोटरसाइकल किन्दा किस्ता तिर्नु पर्ने झन्झट पनि हुँदैन ।

लकडाउन पश्चात् पनि सार्वजनिक सवारी साधनको अबस्था कस्तो हुन्छ भन्ने अबस्था के होला भन्ने अन्योल रहेको छ । सामान्य अवस्थामा नै नेपालको सार्वजनिक सवारीसाधनको अबस्था दयनिय रहेको छ ।

लकडाउन पश्चात् नेपालमा निजी सवारी साधनको बिक्री बढ्ने अनुमान गर्न सकिन्छ । भारतमा गरिएको एक अध्ययनले समेत भारतीय बजारमा दुईपाँग्रे सावरीसाधनको बिक्री बढ्ने देखाएको छ । नेपाली अटो मार्केट पनि भारतीय बजारबाट प्रभावित रहेको छ । लकडाउन पश्चात् नेपाली बजारमा सेकेन्डह्यान्ड मार्केट बढ्ने अनुमान गर्न सकिन्छ ।

सामाजिक दुरी कायम गर्न मोटरसाइकल सबैभन्दा उत्तम हुने देखिन्छ । भारतीय बजारको तुलनामा नेपाली अटो बजार अपत्यारीलो महंगो रहेको छ । यस कारण नेपाली बजारमा सेकेन्डह्यान्ड मोटरसाइकल बजार बढ्ने सजिलै अनुमान गर्न सकिन्छ ।

लकडाउन पश्चात् सेकेन्ड ह्यान्ड मार्केट दोब्बर बढ्ने सेकेन्डह्यान्ड मोटरसाइकल सेन्टर चलाउने व्यावसायीले बताएका छन् ।

सामान्य अबस्थाका ४० हजारदेखि सेकेन्डह्यान्ड मोटरसाइकल बिक्री गर्दै आएको मध्य बानेश्वर स्थीय रुद्रक्ष रिकन्डिसनका संचलाक राजु शाक्यले बताए । लक डाउन पश्चात् कम आय आजर्नन भएको मानिसले पनि मोटरसाइकल खोज्ने देखिन्छ ।

रुद्राक्ष रिकन्डिसनमा ४० हजारदेखि ५ लाखसम्मको मोटरसाइकल रहेको छ । यसमा सुरुवाती मूल्यमा हिरो स्प्लेन्डर, होन्डा साइन, पल्सर १५० जस्ता मोटरसाइकल पाइने उनले बताए ।

यस्तै ढकाल इन्टरप्राइजेजका संचालक प्रमेश ढकालले आफुसँग ३५ हजारदेखि मोटरसाइकल तथा स्कुटर उपलब्ध रहको बताए । उनले करिब ४ वर्षदेखि रिकन्डिसन बाइक बिक्री गर्दै आएको बताउँछन् । उनका अनुसार बजाजको ३२ देखि ४० लटसम्मका १५० सीसी पल्सर मोटरसाइकल कन्डिसन हेरेर ३५ देखि ४० हजारमा बिक्री गर्दै आएको बताए ।

लकडाउन पश्चात बजार बढ्ने अनुमान रहेको उनले पनि सुनाए । बजाज होन्डा, हिरो, टीभीएस, रोयल इन्फिल्ड जस्ता मोटरसाइकल ग्राहकको मूख्य रोजइमा पर्ने ढकाल बताउँछन् ।

यस्तौ बालाजुमा रिकन्डिसन सचांलन गर्दै आएको संजय धिताल पनि लक डाउन पश्चात् बजार बढ्नेमा सकारात्मक रहेको बताए । सामाजिक दुरी कामय गर्न मोटरसाइकल उपयुक्त हुने उनको बुझाइ छ । लक डाउन पश्चात् महंगा मोटरसाइकलभन्दा पनि १२५ सीसी र १५० सीसी मोटरसाइकल बिक्री हुने उनले बताए ।

यामाहा एफजेड, पल्सर १५०, होन्डा साइन, टीभीएस अपाचे मोटरसाइकल धेरै बिक्री हुने बताउँछन् । उनको रिकन्डिसन हाउसमा मोटरसाइकल अबस्था हेरेर ४० हजारदेखि उपलब्ध रहेको बताए ।

करिब १४ वर्षदेखि सोल्टीमोडमा सेकेन्डह्यान्ड मोटरसाइकलको खरिद बिक्री गर्दै आएका रोशन रिकन्डिसन सेन्टरका संचालक रोशन श्रेष्ठ रिकन्डिसन बाइकको बजार बिस्तार भएसँगै ग्राहकको संख्या पनि बढ्दै गएको बताउँछन् । लकडाउन पश्चात् अझै बढ्ने उनले बताए ।

काठमाडौं भित्र बालाजु, बानेश्वर, कलंकी, बौद्ध, सोल्टीमोड, सातदोवाटो जस्ता एरीयमा धेरै रिकन्डिसन हाउस रहेको छ ।


Back_to_top