काठमाडाैं । फ्रान्सेली कार निर्माता कम्पनी रेनोले आफ्नो सबैभन्दा सानो कार नेपाली बजारमा २०१६ मा सार्वजनिक गरेको थियो ।
अब कम्पनीले उक्त कारको फेसलिफ्ट भर्सन ल्याउन लागेको छ । हालै परीक्षणको क्रममा यो सानो आकारको कार भारतीय रोडमा देखिएको मिडियाहरूले जनाएका छन् ।
रेनो क्वीडलाई इन्ट्रि लेवलका कारसँग प्रतिस्पर्धा गर्न बनाइएको यो कार आफ्नो सेग्मेन्टमा तेस्रो रुचाइएको कार हो । नेपाली बजारमा पनि यो कार राम्रै बिक्री भइरहेको छ ।
हाल, कम्पनीले क्वीडको फेसलिट्फ मोडल ल्याउन लागेको छ । आक्रर्षक डिजाइन, दमदार विशेषता तथा उत्कृष्ट माइलेजको कारण ग्राहकले क्वीडलाई निक्कै मन पराएका थिए । कम्पनीले कयौंपटक क्वीडलाई अपडेटेड भर्जनका साथै लिमिटेड एडिसनमा सार्वजनिक गरिसकेको छ ।
कम्पनीले क्वीडलाई कस्मेटिक भर्सनमा सार्वजनिक गर्न लागेको अनुमान गरिएको छ । साथै, नयाँ क्वीडलाई चिनियाँ बजारमा सार्वजनिक गर्ने तयारी थालिएको कम्पनीले जनाएको छ । नयाँ क्वीडको डिजाइनमा केही परिवर्तन गरिएको कम्पनीले जनाएको छ । क्वीडलाई इलेक्ट्रीक भर्सनमा समेत ल्याउने अनुमान गरिएको छ ।