नेपालबाट डेब्यू गर्न लागेको ‘रेडारा’ इलेक्ट्रीक पीकअप

काठमाडौं । सीजी मोटर्सले नेपालको आधिकारिक बिक्रेताको जिम्मेवारी पाएको रेडारा पीकअप नाडा अटो शो २०२४ मा प्रदर्शनी हुने भएको छ । राइट ह्याण्ड ड्राइभ मोडललाई कम्पनीले नेपालबाट डेब्यू गर्न लागेको हो ।

जिलीको इलेक्ट्रीक पीकअप ब्राण्ड रेडारा अन्तर्राष्ट्रिय बजारमा २० हजार ८७० देखि ३० हजार ५०० अमेरिकी डलरसम्म मूल्य तोकेर बिक्री सुरू हुन लागेको हो ।

कम्पनीले सुरूआतमा टु ह्वील ड्राइभ भर्सनमा मात्रै ल्याउन लागेको यो पीकअप ‘जिलीको सस्टेनेवल एक्सपिरीयन्स आर्किटेक्चर प्लेटफर्ममा आधारित मल्टीप्लेक्स अट्याच प्लेटफर्म’मा बन्ने भएको हो ।

जिलीको सस्टेनेवल एक्सपिरीयन्स आर्किटेक्चर प्लेटफर्ममा जीकर, स्मार्ट तथा लोटस जस्ता प्रिमियम ईभी बन्दै आएका छन् । रेडारा पीकअप परम्परागत ‘बडी अन फ्रेम’मा नबरेर नयाँ मानोकर्क विधिमा तयार भएको हो । सैद्धान्तिक रुपमा रेडारा पीकअपमा अफरोड क्षमता हुने छैन ।

चीनमा रेडारा ६३, ७३ र ८६ किलोवाट आवरको ब्याट्री प्याकमा उपलब्ध हुनेछ । रेडाराको टु ह्वील ड्राइभ भर्सनमा रियर एक्सेलमा २०० किलोवाटको इलेक्ट्रीक मोटर छ ।

रेडारा पीकअपको पेलोड क्यापासिटी ७७५ केजी र टोइङमा २५०० केजी छ । यो पीकअप ८१५ एमएमसम्मको पानीमा गुड्न सक्छ ।

पीकअपको लम्बाइ ५२६० एमएम, चौडाइ १९०० एमएम र १८६५ उचाइ रहेको छ । यो ईभीमा ३१२० एमएमको ह्वीलबेस रहेको छ ।


Back_to_top