काठमाडौं ।चालु आर्थिक वर्षको पहिलो ८महिनामा एक हजार ३४८ किमी सडक निर्माण भएको छ ।
अर्थमन्त्री डा युवराज खतिवडाले संघीय संसद्मा आज पेश गरेको आर्थिक बर्ष २०७४/२०७५ को सर्वेक्षणमा केन्द्रीय निकायबाट चालु आवको ८ महिनामा कूल सडकको लम्बाइ २९ हजार ६३९ किमी पुगेको उल्लेख छ ।
यसमध्ये कालोपत्रे ४४.३, खण्डास्मित (ग्राभेल) २३.५ र कच्ची सडक ३२.२ प्रतिशत पुगेको छ ।
हालसम्म कालोपत्र १३ हजार १४९, खण्डास्मित (ग्राभेल) ६ हजार ९५६ र कच्ची सडक ९ हजार ५३४ किमी बनेको छ । गत आवमा दुई हजार ४३१ किमी सडक निर्माण भएको सर्वेक्षणमा उल्लेख छ ।

