काठमाडौं । नेपालमा हालसम्म सडकको लम्बाई ८६ हजार ७ सय ८९ किलोमिटर निर्माण भएको छ ।
भौतिकपूर्वाधार तथा यातायात मन्त्रालय मातहातका निकायले निर्माण सम्पन्न गरेको स्थानीय सडक र सडक विभागले निर्माण गरेको दुबै जोड्दा ८६ हजार ७ सय ८९ किलोमिटर पुगेको हो ।
२०४६ सालमा प्रजातन्त्र पुर्नस्थापनासंगै सडक निर्माणले गति लिएको थियो । पूर्वअथमन्त्री रामशरण महतले प्रत्येक भाषणमा विगतमा ५ हजार किलोमिटर सडकलाई विस्तार गरेर पौने लाख किलोमिटर सडक निर्माण हुनु पनि विकासको एउटा मापन भएको बताउने गरेका छन् । महतले भनेजस्तै पछिल्लो नेपालका ७७ जिल्ला मध्ये सवै जिल्लामा सडकले छोइसकेको छ । डोल्पा जिल्ला राष्ट्रिय सडक संजालमा यसै वर्ष जोडिदैं छ ।
सडक विभागअन्र्तगत २९ हजार १ सय ५७ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ । भने स्थानीय सडक अर्न्तगत ५७ हजार ६ सय ३२ किलोमिटर सडक निर्माणसम्पन्न भएको छ ।
जसमा मध्ये हालसम्म कालोपत्रे १४ हजार ३ सय ९ किलोमिटर मात्रै भएको तथ्याङकले देखाएको छ । त्यस्तैगरी ग्रभेल खण्ड करिब १९ हजार ६ सय ८८ किलोमिटर निर्माण सम्पन्नभएको छ । भने कच्ची सडक ५२ हजार ७ सय ९२ किलोमिटर रहेको छ ।
आर्थिक वर्ष २०७३/७४ सम्मको विवरण अनुसार हालसम्म सडक विभागको क्षेत्रधिकार भित्र पर्ने १२ हजार ३ सय ५ किलोमिटर सडक कालोपत्रे गरिएको छ । भने स्थानीय सडक अन्र्तगत २ हजार ४ किलोमिटर सडक मात्रै कालोपत्रे सम्पन्न गरिएको छ ।
त्यस्तैगरी सडक विभागले ग्राभेल सडक ६ हजार ८ सय ६५ किलोमिटर सम्पन्न गरेको छ । भने, स्थानीय सडकले १२ हजार ८ सय २३ किलोमिटर ग्राभेल सम्पन्न भएको छ ।
सडक विभागले हालसम्म कच्चीसडक ९ हजार ९ सय ८७ किलोमिटर निर्माण गरेको छ । भने स्थानीय सडक अर्न्तगत ४२ हजार ८ सय ५ किलोमिटर सडक कच्ची निर्माण भएको छ ।
कुन सडक कति ?
|
सडकको किसिम |
सडक विभाग |
स्थानीय सडक |
जम्मा |
|
कालोपत्रे |
१२३०५ |
२००४ |
१४३०९ |
|
ग्राभेल |
६८६५ |
१२८२३ |
१९६८८ |
|
कच्ची |
९९८७ |
४२८०५ |
५२७९२ |
|
जम्मा |
२९१५७ |
५७६३२ |
८६७८९ |

