काठमाडौं । भारतीय सवारी प्रयोगकर्तामा अफरोड गाडी प्रतिको मोह क्रमिक रुपमा वृद्धि हुँदै गएको छ । तथ्याकहरुका अनुसार भारतमा बिक्री हुने हरेक ४ वटा सवारीमा एउटा अफरोड सेगमेन्टको एसयुभी (स्मोर्टस युटिलिटी भेइकल) हुने गरेको छ ।
सवारी उत्पादक कम्पनीहरुले पनि यो सेगमेन्टको सवारीलाई प्राथमिकता दिएको देखिन्छ । अफरोड गाडीको मुख्य विशेषता भनेको उच्च ग्राउन्ड क्लियरेन्स, भिन्न लुक्स, तुलनात्मक रुपमा शक्तिशाली इन्जिनलगायत हुन् । यी विशेषताका कारण भारतीय बजारमा एसयुभी सेगमेन्टको सवारीको बिक्री उल्लेख्य रुपमा बढेको छ ।
विगत ५ वर्षको तथ्यांकहेर्दा यो सेगमेन्टका सवारीको बिक्री दोब्बर भन्दा धेरैलै बढेको देखिन्छ । यो भारतीय बजारमा बिक्री हुने कमप्याक्ट कार तथा मिनी सेडानको तुलनामा उत्साहजनक वृद्धि हो ।
सवारी उपभोक्ताको मन सेडान र एमपीभीले भन्दा धेरै एसयुभीले तान्न थालेको सवारी विक्रेताहरुको बुझाइ छ ।
आममानिसको जीवन स्तरमा आएको व्यापक परिवर्तन, अन्तर–सहर यात्रा, नयाँ सवारी प्रयोगकर्ता तथा उपभोक्ताका लागि अनुकुल मूल्यमा चाहेको मोडल उपलब्ध भएकाले एसयुभी सेगमेन्टको कार बिक्री बढेको भारतीय सवारी उत्पादकहरुको भनाइ छ ।
एसयुभी सेगमेन्टका गाडीको माग भारतीय बजारमा अपत्यारिलो रहेको हुन्डाइ इन्डियाको सिनियर भाइसप्रसिडेन्ट (सेल्स एन्ड मार्केटिङ) राकेश श्रीवास्तवाको भनाइ छ । भारतीय बजारमा सफल एसयुभीको रुपमा स्थापित भइसकेको हुन्डाइको क्रेटा मासिक करिब ८ हजार वटा बिक्रीहुने गरेको श्रीवास्तवाले जानकारी दिए ।
सवारी उपभोक्ताको मन सेडान र एमपीभीले भन्दा धेरै एसयुभीले तान्न थालेको सवारी विक्रेताहरुको बुझाइ छ । एसयुभी सेगमेन्टको सवारीको माग बढ्नुमा सडकको अवस्था र आकर्षण पनि कारक रहेको बताइन्छ । पछिल्ला वर्षहरुमा एसयुभी सेगमेन्टका गाडीको मूल्य क्रमिक रुपमा घट्नु र यो सेगमेन्ट भारतीय कार उद्योगको मेनस्ट्रिममा प्रवेश गर्नु रहेको छ ।
सहरी एसयुभीका रुपमा चिनिएका मारुतीको ब्रेजा, फोर्डको इकोस्पोर्टस, रेनोको डस्टरलगायत कार धेरैको आय स्तरतले खरिद गर्न सकिने मूल्यमा उपलब्ध रहेका छन् ।
यस्ता गाडीमा पूरै अफरोड बिशेषता नभएपनि धेरै जस्तो बिशेषता अफरोड गाडी एसयुभीका जस्तै रहेका छन् । यसले नै उपभोक्तालाई आकर्षित गरेको विज्ञहरुको भनाइ छ । गतवर्ष सार्वजनिक भएको मारुती सुजुकीको भिटारा ब्रेजा सार्वजनिक भएको ९ महिनामा ८० हजार वटा बिक्री भएको थियो । यो सेगमेन्टका गाडी पूर्ण एसयुभी नभएपनि एसयुभी सरह बलियो हुने गरेको छ ।
विलासी एसयुभी ज्यादै महंगो हुन्छ । आम उपभोक्तामा एसयुभी चढ्ने रहर हुने तर महगो खरिद गर्न नसक्नेहरुका लागि यो सेगमेन्टका गाडीले उनीहरुको रहर पुरा गरि हरेको भारतीय अटो विज्ञहरुको भनाइ रहेको छ ।
यद्यपी, भारतीय बजारमा विलासी एसयुभीको मागसमेत बढि रहेको छ । जस्तो मर्सिडिज बेन्जको जीएलइको मूल्य ५० लाख भारु छ भने बीएमडब्लू एक्स १को न्युनतम मूल्य ३० लाख भारु पर्छ ।
नेपाल कनेक्सन
नेपाली बजारमा फोर्डको इको स्पोर्टले आफ्नो बजारमा फोर्डको उपस्थितीलाई मजबुद बनाएको थियो । त्यसपछि बजारमा थुप्रै यस्ता कारहरुको प्रबेश भयो जसमा टोयोटा इटिएस क्रस, फिएतको एभेन्चुरा, हुन्डाइ क्रेटा, रेनोको डस्टर, मारुति सुजुकीको भिटारा ब्रेजा र पछिल्लो दिनमा निशानको टेरानो नेपाली बजारमा आएका छन् ।
हुन्डाइ क्रेटा र फोर्डको इको स्पोर्टले आफ्नो बजारमा दह्रो उपस्थिती जनाएका छन् ।