झण्डै ११ करोड रुपैयाँ पर्ने रोल्स रोयसको विद्युतीय कार

काठमाडौं । लक्जरी कार निर्माता कम्पनी रोल्स रोयसले आफ्नो पहिलो पूर्ण विद्युतीय कार सार्वजनिक गरेको छ । कम्पनीले ‘दि साइनिङ’ नाम दिएर मंगलबार चीनमा सार्वजनिक गरेको हो ।

यसमा ४३० किलोवाट क्षमताको मोटरको साथमा १०२ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ । यो ब्याट्रीलाई एकपटक फुलचार्ज गर्दा ५८५ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ।

यो ईभीले ९०० एनएम टर्क उत्पादन गर्दछ । यसलाई ४.५ सेकेन्डमा २५० किलोमिटर प्रति घण्टाको टप स्पीडमा चलाउन सकिने कम्पनीले जनाएको छ ।

यसको डिजाइन क्लासिक पर्थेनोन स्ट्रेट वाटरफल ग्रिल, स्लिप ब्याक सेप, डबल डोर डिजाइन पाउन सकिन्छ । यसले गाडीलाई स्पोर्टी लूक्ससँगै आकर्षक बनाएको छ ।

त्यस्तै, इन्टेरियरमा स्टारलाइट डोर, स्टेरि स्काई रुफ र रोल रोएसको लोगो इम्ब्रोईडरि गरेको पिलो दिइएको छ । यसमा स्प्लिट टेललाइट डिजाइन, इन्टिग्रेटेड टर्न सिग्नल, ब्रेक लाइट जस्ता फिचर्सले सुसज्जित गरिएको छ ।

रोल्स रोयस दि साइनिङ इभीको सुरुवाती मूल्य चिनियाँ बजारमा ५.७५ मिलियन युवान रहेको छ । यो मूल्य नेपाली १० करोड ९३ लाख हाराहारी हो ।


Back_to_top