भारतमा रोयल इनफिल्ड क्लासिक मोडल गुड्दा गुड्दै अलाेय भाँचिएको भिडियाे बाहिरीएकाे छ । उक्त मोटरसाइकलको अलोय ह्वीलमा यसरी समस्या देखिएपछि कम्पनीले एक्सोसरिजको रुपमा अलोय ह्वील ल्याएको हो ।
अलोय ह्वील भाँचिएको केही दिन पछि कम्पनीले अलोय ह्वील पनि एक्सोसिरिजको रुपमा बजारमा ल्याएको हो । यस अघि रोयल इनफिल्डले अलोय ह्वीलाई एक्सोसिरिजको रुपमा उपलब्ध गराएको थिएन । क्लासिकका साथै थन्डरबर्ड मोटरसाइकल रेन्जको पनि अलोय ह्वील एक्सोसिरिजका रुपमा ल्याएको छ ।
नयाँ अलोय ह्वील कालो रंगमा क्रोम फिनिसिङ् ९-स्पोकमा उपलब्ध रहेको छ । यो रोयल इनफिल्डको थन्डरबर्ड एक्स सिरिजका लागि हो । भारतमा रहेका ब्रान्ड डिलरसिपमा एक्सोसिरिज अलोय ह्वील उपलब्ध हुने कम्पनीले जनाएको छ ।
एक्सोसिरिजको रुपमा आएको अलोय ह्वील पनि नयाँ मोटरसाइकलमा आए सरह हुने कम्पनीको भनाइ छ । अप्सन अलोय ह्वीलमा पनि २ वर्षको वारेन्टी रहेको छ ।


