काठमाडौं । रोयल इन्फिल्डले आफ्नो डिजाइन ल्याङ्गवेज परिमार्जन गर्दै नयाँ एड्भेन्चर मोटरसाइकल ल्याउने भएको छ । कम्पनीले हिमालयन ४५० नामबाट ल्याउने अनुमान गरिएको डबल पर्पोस मोटरसाइकल अहिले ‘के वान’ कोड नेममा उत्पादनको काम भइरहेको छ ।
रोयल इन्फिल्डले यसलाई नयाँ सिंगल सिलिण्डर, लिक्वीड कुल्ड टेक्नोलोजीको साथमा ल्याउने छ । उक्त इन्जिनले ४० बीएच पावर प्रदान गर्ने अनुमान गरिएको छ । यसमा ६ स्पीड गियरबक्स र स्लीपर क्लच रहने छ ।
कम्पनीले यसमा गोलो आकारको हेडल्याम्प, सिंगल पिस सिट, स्पोक ह्वील, मस्कुलर फ्यूल ट्याङ्क, साइडमा दिइएको एगजस्ट, सिग्नेचर हाइ–सेट फेन्डर, मेटल फ्रेम जस्ता आधुनिक फिचर दिने सार्वजनिक भएको तस्वीरबाट अनुमान गर्न सकिन्छ ।
रोयल इन्फिल्डले यसमा अगाडि २१ इन्च र पछाडि १७ इन्चको ह्वील दिने अनुमान गर्न सकिन्छ । ड्यूल च्यानल एबीएस, अगाडि यूएसडी फर्क, पछाडि मोनोशक सस्पेन्स, बीचमा फुटपेज, उच्च ग्राउन्ड क्लियरेन्स, लगेज र्याक, अपराइड ह्याण्डलबार जस्ता फिचर यसमा रहने छन् ।

