काठमाडौं । भौतिक पूर्वाधार निर्माणको दायरा फराकिलो भएसँगै नेपालमा विभिन्न ब्रान्डका ट्रकहरु विक्री वितरण हुँदै आएका छन् । कुनै समय सिमित व्यवसायीहरूले मात्र प्रयोग गर्ने ट्रक अब सबै प्रकारका व्यवसायमा प्रयोग हुन थालेको छ ।
ट्रक भन्ने वित्तिकै ठूला र धेरै भारबहन गर्न सक्ने साधनको रुपमा आम मानिसले बुझ्दै आएको पाइन्छ । तर, अहिले बजारमा लाइट ट्रक सेग्मेन्टमा उपलब्ध साधनमा धेरै व्यवसायीले रुची देखाउन थालेका छन् ।
लाइट ट्रक सेग्मेन्टमा टाटाको एलपीटी ४०७ महिन्द्राको लोडकिङ्ग, आइसरको १०५५, एसएमएलको प्रेस्टीज चल्ती मोडल हुन् । यही सेग्मेन्टमा पहिलो पटक चिनियाँ कम्पनी फोटोनले अमार्कले नेपाल ल्याउने भएको छ ।
नेपाली बजारमा अहिले उपलब्ध चारवटै ट्रकबीच तिव्र प्रतिस्पर्धा रहेको छ । यस्तोमा यही सेग्मेन्टमा आउने फोटोन अमार्कले कस्तो विक्री पाउँछ त्यो हेर्न भने केही समय कुर्नु पर्ने हुन्छ ।
यस्तो छ फोटोन अमार्क

फोटोनको आउँदै गरेको अमार्क ट्रक उत्कृष्ट पावर र आकर्षक डिजाइनको लागि चर्चित रहेको छ । फोटोन अमार्कमा क्याविनको डिजाइन पनि उत्कृष्ट रहेको छ । यसलाई फोटोनले अत्याधुनीक फिचरले सुसज्जीत रहेको छ ।
यो ट्रकमा २.८ लिटर क्षमताको टर्बो चार्ज्ड डिजेल, वाटर कुलिङ इन्जिन दिइएको छ । यसको रेटेड पेलोड क्यापासीटी भने ३७३० केजी रहेको छ । यसमा रहेको इन्जिनले अधिकतम १०२ हर्सपावर र २२५ न्यूटन मिटर टर्क जेनरेट गर्छ ।

