तीन दिन पछि रोयल इनफिल्ड हिमालयन ४५० सार्वजनिक हुँदै, यस्ता छन् फिचर

काठमाडौं । रोयल इनफिल्डको हिमालयन ४५० तीन दिन पछि सार्वजनिक हुने भएको छ । कम्पनीले नोभेम्वर २४ तारीखमा भारतीय बजारमा सार्वजनिक गर्ने भएको हो ।

भारतीय चेन्नाई वेस प्रिमियम मोटरसाइकल निर्माता कम्पनी रोयल इनफिल्डले हिमालयन ४५० हालै सम्पन्न इक्मा अटो शोमा प्रदर्शन गरेको थियो ।

रोलय इनफिल्ड हिमालयन ४५० मा ४५२ सीसी सिंगल सिलिन्डर, लिक्विड कुल्ड, ४ भल्भ इन्जिन हुनेछ । रिपोर्टका अनुसार यो इन्जिनले ४०.२ पीएस पावर तथा ४० एनएम टर्क जेनेरेट गर्छ ।

फिचर लोडेड यो मोटरसाइकलमा टीएफटी कन्सोल, टर्न वाइ टर्न नेभिगेशन, राइड मोड, स्वीचएवल एबीएस, स्लीपर एसिस्ट क्लच, यूएसडी÷मोनोशक सस्पेन्सन, यूएसबी चार्जिङ पोर्ट लगाएतका फिचर पाउन सकिन्छ ।


Back_to_top