यामाहा इन्डियाले आर ३ र एमटी ०३ सार्वजनकि गर्दै

काठमाडौं । यामाहा इन्डियाले एमटी ०३ र यामाहा आर ३ भारतीय बजारमा सार्वजनिक गर्ने भएको छ । कम्पनीले आगामी डिसेम्बर १५ तारिख सार्वजनिक गर्ने भएको हो ।

कम्पनीले भारतका १०० भन्दा धेरै शहरमा रहेको ब्लू स्क्वायर शोरुमबाट आर ३ र एमटी ०३ को बिक्री गर्नेछ । इन्ट्री लेबल स्पोटर्स मोटरसाइकल आर १५ भारतमा नै उत्पादन गर्ने कम्पनीले एमटी ०३ र आर ३ भने तयारी मोटरसाइकल आयात गर्ने भएको हो ।

कम्पनीले माग अनुसार सीकेडी यूनिट ल्याउन सक्ने जनाएको छ । तयारी अवस्थामा ल्याउने यी मोटरसाइकल मूल्यका आधारमा केही महंगो पर्ने देखिन्छ ।

यामाहा एमटी ०३ र आर ३ मा ३२१ सीसी, लिक्वीड कुल्ड, प्यारलल् ट्वीन सिलिन्डर, डीओएसची सेटअप इन्जिन रहेको छ । यो इन्जिनले ४२ पीएस पावर तथा २९।५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियर बक्स उपलब्ध छ ।

यी दुवै मोटरसाइकलमा डायमन्ड फ्रेम प्रयोग गरिएको छ भने यूएसडी फर्क र मोनोशक सस्पेन्सन सेटअप दिइएको छ । यी दुवै मोटरसाइकल ब्लुटूथ कनेक्टिभिटी सहितको डिजिटल कन्सोलमा फ्यूल क्यापासिटी, गियर पोजिशन इन्डिकेटर, क्लक, आयल चेन्ज इन्डिकेटर, वाटर टेम्प गज, रियल टाइम एभेरज फ्यूल इकोनोमी तथा ट्रिप मिटर उपलब्ध छ ।


Back_to_top