तीन किसिमको ब्याट्रीमा कार ल्याउँदै जीएसीका ५ ब्राण्ड

काठमाडौं । ग्वान्झाओ अटोमोवाइल कर्पोरेशन (जीएसी)ले तीन किसिमका ब्याट्रीको प्रयोग गरेर विद्युतीय गाडी ल्याउने भएको छ । कम्पनीले आफ्ना विभिन्न ५ ब्राण्डमा यी ब्याट्रीको प्रयोग गरेर ईभी ल्याउने भएको हो ।

नोभेम्बर १७ बाट सुरु भएको ग्वान्झाओ इन्टरनेशनल अटोमोवाइल एक्जीबीसनमा जीएसी ग्रुपले आफ्नो स्वामित्वमा रहेका ट्रम्पची, एवोन, हाइपर, जीएसी होन्डा र जीएसी टोयोटा ब्राण्डका सवारी प्रदर्र्शनी गरेको छ । यी ब्राण्डबाट आगामी दिनमा आउने गाडीसमेत कम्पनीले देखाएको हो ।

जीएससीले विश्व अटोमोवाइल बजारलाई नेतृत्व गर्ने रणनीति अनुसार नेक्स्ट जेनेरेशन ब्याट्री टेक, हाइड्रोजन र फ्लाइङ कारमा आफ्नो ध्यान केन्द्रीत गरेको छ । जीएसीले नयाँ ब्याट्री टेक्नोलोजी अन्तर्गत नै सोलीड स्टेट, कोवाल्ट फ्रि र सोडियम आयोन ब्याट्रीको प्लान प्रस्तुत गरेको हो ।

उक्त कार्यक्रममा जीएसी ग्रुपले सोलीड स्टेट ब्याट्री टेक्नोलोजीमा ‘ब्रेकथ्रु’ भएको जानकारी दिएको थियो । कम्पनीका अनुसार सोलीड स्टेट ब्याट्रीमा ४०० वाटआवर प्रतिकिलो इनर्जी डेन्सीटी रहेको छ । उक्त ब्याट्रीले एक्ट्रीम कन्डीसनमा पनि सेफ्टी र रिलायबिलीटी स्ट्याण्डर्ड पार गर्न सफल रहेको कम्पनीको भनाइ छ । यसको ब्यवसायीक उत्पादन र प्रयोग भने सन् २०२६ बाट कारहरुमा हुने कम्पनीको भनाइ छ ।

न्यू इनर्जी भेहिकल टेक्नोलोजीको दवदवा रहेको ग्वान्झाओ अटो शोमा जीएसी ग्रुपले हाइड्रोजन पावर कन्सेप्ट कार, मल्टी इनर्जी प्लेटफर्म आर्किटेक्चर, हाइड्रोन फ्यूलसेल ‘इआए कन्सेप्ट’ प्रदर्शनी गरेको छ ।


Back_to_top