रोयल इनफिल्डको नयाँ क्रुजर मोटरसाइकल सार्वजनिक

काठमाडौं। प्रिमियम मोटरसाइकल निर्माता कम्पनी रोयल इन्फिल्डले ६५० सीसी सेग्मेन्टमा नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले सुपर मेटियर ६५० क्रुजर मोटरसाइकल सार्वजनिक गरेको हो ।

भारतको चेन्नाई वेस कम्पनी रोयल इनफिल्डले इटालीको मिलानमा सुरु भएको इन्टरनेशनल मोटरसाइकल एण्ड एक्सेसरिज एक्जिबिसन (ईआईसीएमए) २०२२ मा सार्वजनिक गरेको हो । कम्पनीले नोभेम्वर १८ तारिखदेखि भारतको गोवामा हुने राइडर मेनियामा कार्यक्रममा पनि उक्त मोटरसाइकल सार्वजनिक गर्दैछ ।

कम्पनीले यसअघि नै ल्याएको इन्टरसेप्टर ६५० मा आधारित सुपर मेटियर ६५० लाई क्रुजर र टुरर गरी दुई मोडलमा ल्याउने भएको हो ।

यसमा इन्टरसेप्टर ६५० मा नै प्रयोग भएको ६४८ सीसी प्यारलल् ट्वीन आयल कुल्ड इन्जिन दिइएको छ । उत्तm इन्जिनले ४७ हर्सपावर र २ एनएमको टर्क जेनेरेट गर्छ।

कम्पनीले यसमा स्टिल ट्युबुलर स्पाइन फ्रेम च्यासिसको प्रयोग गरेको छ भने रोयल इनफिल्डले पहिलो पटक अप साइड डाउन फर्कको प्रयोग गरेको छ । यो मोटरसाइकलको दुबै तर्फ डिस्क ब्रेकसहित स्ट्यान्डर्ड डबल च्यानल एबीएस फिचर पाउन सकिन्छ ।

सुपर मेटीअर ६५० मा कम्पनीले मेटिअर ३५० बाट स्वीच गियर, गुगल पावर्ड ट्रिपल नेभिगेशन जस्ता फिचर लिएको छ । ९ दिनपछि भारतमा सार्वजनिक हुने यो मोटरसाइकलको मूल्य ४ लाख भारतीय रुपैयाँ हुने अनुमान गरिएको छ ।


Back_to_top