सगरमाथा बस सर्भिसको रोजाइमा अशोक लेल्याण्ड

काठमाडौं । सगरमाथा बस सर्भिसले एकै पटक १० वटा अशोक लेल्याण्डका नयाँ बसहरु आफ्नो सर्भिसमा थप गरेको छ । गत बुधबार झापाको विर्तामोडमा एक कार्यक्रमका बीच सगरमाथा बस सर्भिसलाई बस हस्तान्तरण गरिएको हो ।

नेपालका लागि अशोक लेल्याण्डको आधिकारीक बितरक आईएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुरानिकले सगरमाथाका अध्यक्ष नवीन कोइरालाई उक्त बसहरुको साँचो हस्तान्तरण गरेका थिए ।

उक्त कार्यक्रममा प्रमुख कार्यकारी पुरानिकले धेरै कम्पनीका बसहरु उपलब्ध भएता पनि अशोक लेल्याण्डका बसहरु विश्वासिलो, भरपर्दो र मजबुद रहेको कारण पछिल्लो समयमा धेरै यातायात व्यवसायीको रोजाइमा पर्दै आएको बताए ।

झापामा साहारा अटो मोवाइल्स अशोक लेल्याण्डको डिलर नियूक्ती भएसँगै बिक्री पछिको सेवा र पार्टसको सहजता उपलब्धता भएको कम्पनीले जनाएको छ ।


Back_to_top