काठमाडौं । सार्वजनिक यातायातको रुपमा प्रयोग हुने ट्याक्सीलाई व्यवस्थित बनाउन कम्पनीका रुपमा संचालनमा ल्याउन विश्वभर नै लहर चलको छ । भारत तथा नेपालमा पनि त्यसको प्रभाव निश्चय नै परेको छ ।
नेपालमा सिन्डिकेट र ट्याक्सी व्यवसायीको ज्यादतीका कारण ट्याक्सी उपभोक्ताहरु अहिले आक्रान्त छन् । यस्तै स्थितिको अन्त्यकालागि प्रविधिमा आधारीत नयाँ ट्याक्सी सेवा सुरु भएको छ ।
सारथी नामक कम्पनी सन् २०१६ मा स्थापना भयो र यसले २०१७ देखि काठमाडौं उपत्यकाभित्र ट्याक्सी सेवा प्रदानगर्दै आएको छ । सारथीले आवत जावतको सुविधा, बुकिङ, लिजिङ र कार भाडामा उपलब्ध गराउने काम गर्छ ।
सारथीसँग अहिले करिब १ सय ट्याक्सी जोडिएको र २०१८ को अन्त्यसम्ममा कम्तिमा ७ सय ट्याक्सी आवद्ध गराउने लक्ष्य रहेको कम्पनीका अर्का सह–संस्थापक प्रकाश न्यौपानेले जानकारी दिए ।
सारथी क्याब ट्याक्सी सेवा उपलब्ध गराउने प्लेटफर्म हो, क्याब एग्रिगेटर हो । उपभोक्तालाई सहज ट्याक्सी सेवा उपलब्ध गराउने हेतुले सन् २०१६ को मेमा नेपालमा एप्लिकेशन/इन्टरनेटमा आधारित वा कल सेन्टरमा सिधै फोन गरेर ट्याक्सी बुक गरी सेवालिन सकिने छ । सारथीबाट ट्याक्सी बुक गरेपछि सरकारले तोकेको मिटरमा ट्याक्सी सेवा पाइन्छ । ट्याक्सी क्याबको कन्सेप्ट विश्वभर नै छ । तर अहिले व्यक्ति वा समितिमार्फत संचालित ट्याक्सीहरु मिटरमा जान मान्ने गरेका छैनन् ।
यस्तो क्याब सिस्टम हामीले नै पत्तालगाएको त्यस्तो नयाँ इनोभेसन भने नभएको सारथी क्याबका सहसंस्थापक रवि सिंघलले बताए । अमेरिकामा उवर, भारतमा ओला/उवर अन्य देशहरूमा पनि यस्तो प्लेटफर्म छन् । नेपालमा अन्यकम्पनीहरू नआएका पनि हैनन्, तर उनीहरू चल्न सकेनन् ।
‘हामीले नेपालमा यस्तो प्लेटफर्म सञ्चालनका लागि लामो अध्ययन गर्याैं र यहीँको आवश्यकता र चाहनालाई सम्बोधनगर्ने गरी कम्पनी स्थापना गरेका हौं । नेपालमा ट्याक्सीको सेवालाई यात्रुमैत्री र सम्मानित गर्न स्थापना गरिएको कम्पनी हो सारथी क्याब,’ सिंघलले भने ।
सारथीसँग अहिले करिब १ सय ट्याक्सी जोडिएको र २०१८ को अन्त्यसम्ममा कम्तिमा ७ सय ट्याक्सी आवद्ध गराउने लक्ष्य रहेको कम्पनीका अर्का सह–संस्थापक प्रकाश न्यौपानेले जानकारी दिए ।
आज भोलि ‘सारथि क्याब’को सेवा लिएका धेरैले आफ्नो ट्याक्सी यात्राको अनुभवलाई ‘अपत्यारिलो’ भन्ने गरेका छन् । रवि सिंघल र प्रकाश न्यौपानेले परिकल्पना गरेर स्थापना भएको कम्पनी सारथी हरेक ट्याक्सी उपभोक्ताको सहारा बन्ने प्रयासमा लागेको छ ।
विदेशमा ट्याक्सी सेवामा चर्चित उबर र ओलाको जस्तै सेवा नेपालमा पनि दिन सकिन्छ कि भनेर उनीहरूले यो कम्पनी दर्ता गरेका थिए । तर, नेपालमा ट्याक्सी सञ्चालनको नीतिलाई हेरेर उनीहरूले नयाँ योजनाका साथ सारथीमार्फत् सेवा दिन थालेको दुबैले बताए ।
हाम्रो ट्याक्सी सञ्चालन प्रणालीमा नै परिवर्तन गर्नुपर्ने अवस्था रहेको न्यौपानेले बताए । ‘ड्राइभरलाई यात्रुसँग सम्मानजनक व्यवहार र ट्याक्सीमा प्रयोग हुने प्रविधिमा अभ्यस्त गराउने काम गाह्रो थिएन’ न्यौपानेले भने ।
यात्रुलाई राम्रो व्यवहार गर्न सिकाउन हामी तालिम नै दिन्छौं । सारथीले यात्रुमैत्री सेवा दिलाउन ट्याक्सी र चालकलाई अभ्यस्त बनाउँदै सेवामा लगाएको छ, न्यौपानेले सुनाए ।
यस्तो छ सुबिधा
सारथीका सबै ट्याक्सीमा ठूलो डिस्प्लेसहितको ट्याब्लेट जोडिएको छ । यात्रु चढेपछि चालकले ट्याब्लेटमा यात्रा सुरु गरेको जानकारी दिने बटन थिच्छन् । यो जानकारी सारथीको कन्ट्रोल रुममा पुगिरहेको हुन्छ ।
त्यसपछि सोही ट्याब्लेटमा ट्याक्सीले यात्रु रिसिभ गरेपछि पार गरेको दूरी, लागेको समय, उठेको भाडा र जाममा बस्दा रोकिएको समयसमेत डिस्प्लेमा हरेक समय हेर्न सकिन्छ । ट्याक्सी गुडिरहेको सडकको नक्सापनि डिस्प्लेमा देख्न सकिन्छ । सँगै ट्याक्सीमा जोडिएको मिटर पनि हेर्न सकिन्छ ।
आफ्नो गन्तव्यमा पुगेपछि ट्याक्सीले सबै विवरणसहितको बिल प्रिन्ट गरेर दिन्छ । मिटरको बिलअनुसार यात्रुले भाडा तिर्नुपर्छ । फोनबाट बुक हुने मात्रै होइन, सारथीका ट्याक्सी खालीहुँदा जोसुकैले पनि रोकेर चढ्न पाउँछन् । त्यसरी चढ्दा पनि मिटरमै उठेको बिल तिरेर यात्रागर्न पाइन्छ ।
सारथीसँग जोडिन ट्याक्सीहरूले कम्पनीका केही सर्तहरू मान्नुपर्छ । सारथीको मूलमन्त्र हो– यात्रुमैत्री सेवा । त्यसकालागि कम्पनीले तीन वटा सर्त तयगरेको छ, त्यसको परिपालना अनिवार्य गर्नुपर्ने हुन्छ । पहिलो– मिटरमा जानुपर्ने, दोस्रो– सेवाग्राहीसँग राम्रो व्यवहार गर्नुपर्ने र तेस्रो गाडी सफा हुनुपर्ने ।
सारथीले ट्याक्सीको आम्दानीको १० प्रतिशत बुकिङचार्जका रुपमा लिने र सारथीसँग जोडिएका ट्याक्सीले प्यासेन्जर खोज्नु पर्दैन, कम्पनीले नै खोजिदिन्छ ।
त्यसपछि सारथीको एप्लिकेशनप्रयोग कसरी गर्ने र चालकले यात्रुसँग कस्तो व्यवहार गर्ने भन्ने तालिम चालकलाई दिने गरिएको सिंघलले बताए ।
‘ट्याक्सीमाएप्लिकेशनचलाउन डिभाइस हुनेलाई त्यसमै एप्लिकेशन राखिदिन्छौं भने नहुनेलाई किस्ताबन्दीमा हामी नै उपलब्ध गराउँछौं । ट्याक्सी भएका तर चालक नभएकाहरूलाई चालकसमेत उपलब्ध गराउँछौं,’ उनले भने ।
सारथीसँग जोडिएका ट्याक्सीहरूले कमाइको बारेमा कुनै चिन्तालिनु नपर्ने न्यौपानेको भनाइ छ । “सारथीसँग जोडिएका ट्याक्सीले अहिले दैनिक ६ देखि ७ हजार कमाइरहेका छन्, जुन कुरा हामी ग्यारेन्टी नै गर्छाैं,”उनले भने ।
सारथीले ट्याक्सीको आम्दानीको १० प्रतिशत बुकिङचार्जका रुपमा लिने र सारथीसँग जोडिएका ट्याक्सीले प्यासेन्जर खोज्नु पर्दैन, कम्पनीले नै खोजिदिन्छ । विगतमा सारथी के हो भन्ने थियो ट्याक्सी चालकहरू बीच नै तर, अहिले सारथीमा जोडिनका लागि ट्याक्सी ओनरहरू आफैं आउने अवस्था सृजना भएको न्यौपानेको भनाइ छ ।
अहिले सारथीको सेवा काठमाडौंको रिङरोड भित्रमात्र सीमित छ । २०१७ को अगस्टदेखि २ वटा ट्याक्सीबाट सेवा सुरु गरेकोमा अहिले करिब १ सय ट्याक्सीसँग जोडिएको छ । अबको एक/दुईमहिनामा काठमाडौं उपत्यका भित्र थुप्रै ट्याक्सीबाट सेवा उपलब्ध गराउने सिंघलले बताए । उपत्यका बाहिरका अन्य सहरमा पनि जाने योजना रहेको उनले सुनाए । तर त्यसकालागि आवश्यक तयारी गरेर पूर्ण सेवा उपलब्ध गराउन सक्ने गरी जाने योजना कम्पनीको उनिहरुले सुनाए ।
भारतमा ओला
ओला इन्डियन ओरिजिन भएको अनलाइन ट्रान्सपोटेसन नेटवर्क कम्पनी हो । एएनआइ टेक्लोलोजीले ओला क्याव संचालनमा ल्याएको हो । उक्त कम्पनी सन् २०१० मा मुम्बई बेसमा स्थापना भएपनि हाल ओलाको केन्द्रीय कार्यालय बैङलोरमा रहेको छ ।
२०१० मा स्थापना भएको कम्पनीको ब्रान्ड भ्यालू २०१५ को सेप्टेम्बरमा आइपुग्दा ५ अर्ब अमेरिकी डलर भएको छ । ओला क्याव ३ डिसेम्बर २०१० मा भाविश अग्रवाल र अंकित भातीले स्थापना गरेका हुन् ।
अग्रवाल अहिले कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) छन् । २०१७ सम्ममा ओलाले ६ लाख ट्याक्सी मार्फत १ सय १० सहरमा सेवा प्रवाहगरि रहेको छ ।
२०१४ को डिसेम्बरसम्ममा कम्पनीले भारतका विभिन्न सहर दिल्ली, पुुने, चेन्नई, हैदरावाद, र कोलकाता जस्ता ठुला सहरमा आफ्नो सेवा विस्तार गरिसकेको थियो ।
२०१५ को अन्त्यसम्ममा थप ७ वटा सहरमा ओला पुगेको थियो भने २०१८ को जनवरीदेखि ओलाले विदेशमा समेत आफ्नो नेटवर्क विस्तार गरेको छ ।
पछिल्ला केही वर्षयता भारतको ट्याक्सी बजारमा ओला र उवरको बर्चश्व रहेको छ । यी दुई कम्पनीले भारतीय ट्याक्सी बजारमा ९५ प्रतिशत हिस्सा ओगटेको छ ।
हाल सिड्नीसहित अष्ट्रेलियाको ६ सहरमा ओलाको क्याव सेवा उपलब्ध रहेको छ भने भारतको १ सय ३ सहरमा ओला ट्याक्सी पाइन्छ । ओलाक्यावले २०१७ सम्ममा अफिसमा नै ६ हजार जनालाई रोजगारी दिएको जनाएको छ ।
कसरी प्रयोग गर्ने
प्रविधिमैत्री ट्याक्सी क्याव मोबाइल एप्लीकेशन र इन्टरनेटबाट सिधै सर्च गरेर बोलाउन सकिन्छ । मोबाइल एप्लीकेशनमा आफू भएको स्थान र जाने लोकेशन राखेपछि त्यो कति किलोमटर दूरीमा छ, उसलाई अडर दिएको ठाँउमा आउन कति समय लाग्छ, अन्तिम गन्तब्यमा पुग्न कति समय लाग्छ र कति रुपैयाँ तिर्नुपर्छ भन्नेसम्म एपलेनै देखाउने छ ।
यसले भातरको सार्वजनिक यातायात ट्याक्सी सेवामा नयाँक्रान्ति नै ल्यायो र ओला पछि अमेरिकी ट्याक्सी सेवाप्रदायक उवर भारतमा प्रवेश गरेको हो ।
पछिल्ला केही वर्षयता भारतको ट्याक्सी बजारमा ओला र उवरको बर्चश्व रहेको छ । यी दुई कम्पनीले भारतीय ट्याक्सी बजारमा ९५ प्रतिशत हिस्सा ओगटेको छ । ओला स्थापना भएको दुई वर्षपछि अमेरिकी कम्पनी उवर २०१३ मा भारत आएको थियो । अहिले भारती यबजारमा ट्याक्सी सेवाप्रदान गर्न ओला र उवरबीच द्वन्द्वात्मक प्रतिस्पर्धा रहेको छ ।