३७ हजार मासिक किस्तामा महिन्द्रा स्कर्पियो

काठमाडौं । महिन्द्राको चर्चित एसयूभी स्कर्पियो हरेक बाटामा उच्च पर्फमेन्स दिन सफल गाडी हो । यसलाई किन्न चाहने मानिसले ३७ हजार मासिक किस्ता बुझाउनेगरि खरिद गर्न सक्ने छन् ।

महिन्द्रा स्कर्पियो नेपाली बजारमा दुई इन्जिन अप्सनमा उपलब्ध रहेको छ । १.९९ लिटर र २.२ लिटर डिजेल इन्जिनमा उपलब्ध रहेको स्कर्पियोको सुरुवाती भेरियन्टको मूल्य ४९ लाख ३० हजार रुपैयाँ रहेको छ । टु ह्वील ड्राइभ सिस्टमा आउने १९९९ सीसी क्षमताको एस ५ सबैभन्दा कम मूल्यको स्कर्पियो हो ।

यसलाई किन्न चाहने ग्राहकले २४ लाख ६५ हजार रुपैयाँ डाउन पेमेन्ट बापत बुझाउनु पर्ने हुन्छ भने २४ लाख ६५ हजार रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन सक्ने छन् । कम्पनीको हकमा भने ३० प्रतिशत मात्रै डाउन पेमेन्ट गर्न सकिन्छ । थोरै डाउन पेमेन्टमा किन्दा मासिक किस्ता भने धेरै तिर्नु पर्ने हुन्छ ।

हामीले गाडीको मूल्यको ५० प्रतिशत डाउन पेमेन्ट र ५० प्रतिशत कर्जा लिएर स्कर्पियोको इन्ट्री भेरियन्ट किन्दा पर्ने मासिक शुल्क यहाँ प्रस्तुत गरेका हौं । अहिले बैंकले गाडी किन्न चाहनेलाई ७ प्रतिशत व्याजदरमा कर्जा उपलब्ध गराउँदै आएका छन् भने कर्जा अवधि पनि ७ वर्ष नै राखेका छौं ।

७ भेरियन्टमा किन्न पाइन्छ स्कर्पियो

महिन्द्राको आधिकारीक वितरक अग्नी इन्कर्पोरेट प्रालिले स्कर्पियो टु ह्वील ड्राइभ सिस्टममा ४ भेरियन्ट र फोर ह्वील ड्राइभ सिस्टममा ३ भेरियन्ट उपलब्ध गराएको छ । स्कर्पियो १.९९ सीसीमा एस ५ टु ह्वील र फोर ह्वीलमा उपलब्ध रहेको छ । यसको फोर ह्वीलको मूल्य ५३ लाख ३५ हजार रुपैयाँ रहेको छ ।

त्यसैगरि एस ११ पनि दुबै भेरियन्टमा उपलब्ध रहेको छ । एस ११ टु ह्वील ड्राइभको मूल्य ६२ लाख २५ हजार रुपैयाँ रहेको छ भने एस ११ फोर ह्वीलको ६७ लाख ३० हजार रुपैयाँ रहेको छ ।

२.२ लिटर इन्जिनमा भने दुई भेरियन्ट टु ह्वील र एउटा मात्रै भेरियन्ट फोर ह्वील ड्राइभ सिस्टममा उपलब्ध रहेको छ । यसको एस ७ टु ह्वीलको मूल्य ५७ लाख ८० हजार र एस ११ टु ह्वीलको ६२ लाख २५ हजार रुपैयाँ रहेको छ ।

कम्पनीले एस ११ फोर ह्वील ड्राइभको मूल्य ७१ लाख २५ हजार रुपैयाँ राखेको छ ।

स्कर्पियोको टप भेरियन्ट किन्न चाहने ग्राहकले भने करिब ५४ हजार रुपैयाँ मासिक किस्ता वापत तिर्नु पर्ने हुन्छ ।


Back_to_top