टाटाको कम मूल्यको अटोमेटिक कार, यस्ता छन् विशेषता

काठमाडौं । टाटाको कम मूल्यको अटोमेटिक कार टियागो नेपाल आएको छ । सिप्रदी ट्रेडिङले टियागो एएमटी गियरबक्समा उपलब्ध गराएको हो ।

मार्च महिनाबाट टाटाले आफ्नो सबै मोडल प्रदुषण मापदण्ड बीएस ६मा आधारित ल्याएसँगै टियागो एएमटी पनि नेपाल ल्याएको हो । अटोमेटेड म्यानुयल ट्रान्समिसन (एएमटी) गियरबक्स भएको गाडीमा क्लचको प्रयोग हुँदैन भने व्यस्थ सडकमा चलाउन निकै सहज हुन्छ ।

टाटा टियागोमा ११९९ सीसी क्षमताको थ्रि सिलिण्डर पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम ६००० आरपीएममा ८५ पीएस पावर र ३३०० आरपीएममा ११३ एनएम टर्क प्रदान गर्छ । पाँच सिट क्षमताको टियागो टाटाको सफल ह्याचव्याक कार हो ।

टियागो एएमटी माइलेजको लागि पनि निकै परिचत रहँदै आएको छ । एआरएआईले यसको माइलेज २३ किलोमिटर प्रतिलिटर प्रमाणित गरेको छ । तर, व्यस्थ सडकमा पनि यसले प्रतिलिटर १४ किलोमिटर माइलेज प्रदान गर्ने विभिन्न रिपोर्टहरुले देखाएको छ । यसमा ३५ लिटरको इन्धन ट्याङ्की दिइएको छ ।

मल्टी फङ्सन स्टेरिङ ह्वील, इनफोटेन्टमेन्ट सिस्टम, पावर विन्डो, पावर स्टेरिङ, एयरव्याग, एसी, हिटर, किलेस इन्ट्री, गियर सिफ्ट इन्डिकेटर, ड्यूल टोन ड्यासबोर्ड, डिजिटल डिस्प्ले जस्ता फिचर दिइएको छ ।

आवश्यकता अनुसार मिलाउन मिल्ने हेडलाइट, फगलाइट, इलेक्ट्रीक फोल्डीङ रियर भ्यू मिरर, रियर वाइपर, रियर विन्डो वासर, ह्वील कभर, पावर एन्टिना, रियर स्पोइलर, ग्रिलमा क्रोम फिनिसिङ, प्रोजेक्टर हेलोजिन हेडल्याम्प, १४ इन्चको टायर, वडी कलर बम्पर जस्ता एक्सटेरियर फिचर उपलब्ध रहेको छ ।

ग्लोवल एनक्याप क्र्यास टेष्टमा ४ स्टार सेफ्टी रेटिङ पाएको टियागोमा एबीएस, इबीडी, पावर डोर लक, चाइल्ड सेफ्टी लक, डे नाइट रियर भ्यू मिरर, सिट वेल्ट वार्निङ, साइड इम्प्याक्ट बीम, फ्रन्ट इम्प्याक्ट बीम, एड्जस्टेवल सिट, क्र्यास सेन्सर, एन्टी थेप्ट डिभाइस, स्पीड अलर्ट, इम्प्याक्ट सेन्सिङ अटो डोर अनलक जस्ता सुरक्षा फिचर उपलब्ध रहेको छ ।

सिप्रदी ट्रेडिङले यसको मूल्य ३३ लाख २५ हजार रुपैयाँ निर्धारण गरेर विक्री सुरु गरेको छ ।


Back_to_top