सेग्मेन्टकै पहिलो रियर ह्वील ड्राइभ ईभी नेपाल ल्याउँदै जगदम्बा मोटर्स

काठमाडौं । नेपाली बजारमा मलेसियन ब्राण्ड प्रोटोनको नयाँ कम्प्याक्ट इलेक्ट्रीक एसयूभी इमास फाइभ आउने भएको छ ।

प्रोटोनको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले कम्प्याक्ट एसयूभी इमास फाइन ल्याउने तयारी गरेको हो ।

इमास फाइभ नेपालमा आफ्नो सेगमेन्टमा नेपालकै पहिलो रियर ह्वील ड्राइभ ईभी रहेको कम्पनीको दाबी छ । इमास फाइभको आगमनले नेपालको विद्युतीय सवारीसाधन बजारमा अर्को महत्वपूर्ण उपलब्धि थप्ने विश्वास गरिएको छ ।

प्रविधिमैत्री, उच्च पर्फमेन्स र वातावरणमैत्री सवारीप्रति उपभोक्ताको आकर्षण बढिरहेका बेला यो गाडीलाई उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्ने गरी विकास गरिएको हो । साथै, यसले दैनिक प्रयोग, सुरक्षा र सहजतालाई पनि समान प्राथमिकता दिएको छ ।

विशेष रूपमा रियर ह्वील ड्राइभ प्लेटफर्ममा आधारित यस गाडीमा सन्तुलित तौल वितरण, उत्कृष्ट ड्राइभिङ क्षमता, उच्च स्थायित्व तथा सहज नियन्त्रणको सुविधा रहेको छ । यी विशेषताले व्यस्त सहरी सडकदेखि राजमार्ग र नेपालको पहाडी सडकसम्म विभिन्न प्रकारका सडकमा सुरक्षित र सहज यात्रा सुनिश्चित गर्न मद्दत गर्ने कम्पनीको विश्वास रहेको छ ।

अन्तर्राष्ट्रियस्तरमा स्थापित सवारीसाधनको बढ्दो पोर्टफोलियो, देशव्यापी बिक्री तथा सेवा संजाल, ग्राहककेन्द्रित सेवा र बिक्रीपछिको सेवामा निरन्तर लगानीमार्फत कम्पनीले नेपाली ग्राहकलाई विश्वस्तरीय अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ ।

प्रोटोन इमास फाइभको आगमनले अत्याधुनिक प्रविधि, उत्कृष्ट गुणस्तर र उच्च मूल्य प्रतिफल प्रदान गर्ने विश्वस्तरीय विद्युतीय सवारी नेपाली बजारमा उपलब्ध गराउने कम्पनीको विश्वास छ ।

प्राविधिक विवरण, मुख्य विशेषता, मूल्य, बुकिङ प्रक्रिया र औपचारिक सार्वजनिक मितिसहितका सम्पूर्ण जानकारी केही साताभित्र सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।


Back_to_top