सेगवेका इलेक्ट्रीक दुई पाङ्ग्रे अब चितवन र बुटवलमा किन्न पाइने

काठमाडौं । सेगवे-नाइनबोटको नेपालका लागि आधिकारिक वितरक आईहब प्रालिले चितवन र बुटवलमा आफ्नो नयाँ शोरुम संचालनमा ल्याएको छ । कम्पनीले आफ्नो सेवा विस्तार गर्ने क्रममा दुई आर्थिक रुपले चलायमान बजारमा नयाँ शोरुम संचालनमा ल्याएको हो ।

कम्पनीको नयाँ शोरुम बुटवलमा लोक सुशीला मोटर प्रालि नामबाट कालिका चोकमा र युनाइटेड अटो कन्सर्न प्रालि हाकिम चोक भरतपुरमा खुलेका हुन् ।

यी दुई नयाँ शोरुमबाट ग्राहकले सेगवेका उत्कृष्ट उत्पादनको सेवा लिन सक्ने छन् । नयाँ शोरुमहरुमा सेगवेका एन-१००, ई-१००, ई-११०एल र ई-१२५ मोडलहरु उपलब्ध हुनेछ ।

सेगवेले नयाँ शोरुम उद्घाटनको उपलक्ष्यमा चितवन र बुटवल क्षेत्रका ग्राहकहरूलाई विशेष अफरहरुको साथ शोरुम भ्रमण गर्न निम्ता दिएको छ । नयाँ शोरुमबाट ग्राहकले सेगवे ई-स्कूटरहरु बिशेष मूल्य किन्न पाउने कम्पनीले जनाएको छ ।

यी शोरुमबाट ग्राहकले सेगवेका नयाँ उत्पादन मात्रै नभएर ब्याट्री रेन्टल, ब्याट्री स्वाप, र तीव्र चार्जिङ सपोर्ट लगायत सेवाहरू पाउने छन् ।


Back_to_top