‘सेल्टोस एक्स लाईन’मा यस्ता छन् फिचर चाँडै विक्री सुरु हुँदै

काठमाडौं । कोरियन अटोमोवाइल कम्पनी किया मोटर्सले आफ्नो सफल एसयूभी सेल्टोसको नयाँ भेरियन्ट सार्वजनिक गरेको छ । कियाको नयाँ एक्सलाईन भारतमा सार्वजनिक भएको हो ।

भारतीय बजारमा आगामी महिनाबाट यसको विक्री सुरु हुने छ । अहिले नेपाली बजारमा उपलब्ध सेल्टोसको तुलनामा धेरै फरक नभएपनि एक्स लाईनमा केही कस्मेटिक परिवर्तन भने गरिएको छ ।

कियाको केही अन्तर्राष्ट्रिय बजारमा विक्री भइरहेको एक्स लाईन २०२० को दिल्ली अटो एक्स्पोमा देखाएको थियो । कियाले सन् २०१९ को ‘एलए अटो शो’मा एक्सलाईनको अफरोड र्याली कन्सेप्ट समेत देखाएको थियो ।

कियाले भारतीय स्पेकको एक्स लाईनमा निकै भव्य देखिने डार्क म्याट फिनीस दिएको छ । एक्स लाईनको गनमेटल ग्रेमा फिनीस भने व्ल्याक ग्लोसी रहेको छ । यसको कतिपय स्थानमा रेड कलरको हाइलाइट्स प्रयोग भएको छ । अगाडि पनि ग्लोसी व्ल्याक ग्रिल तथा स्मोक्ड इफेक्ट सहितको हेडलाईट रहेको छ । बम्परको लोअर फ्रन्टमा पनि लाईट रेडको हाइलाईट दिएको छ ।

यसमा नयाँ डिजाइनको अलोय ह्वील दिइएको छ । ह्वीलमा लाइट रेडको हाइलाइट्स गरिएको छ, जुन लोअर बडीको बेसलाईनमा पनि प्रयोग भएको छ । यो भेरियन्टमा ओआरभीएम पनि ग्लोसी व्ल्याक कलरको रहेको छ । रियरको एक्स लाईनमा स्मोक्ड एलईडी टेललाइट दिएको छ । एसयूभीलाई थप अग्रेसीभ देखाउन रिभाइज क्लाइडिङको प्रयोग गरिएको छ ।

यसको क्याविनमा पनि केही कस्मेटीक परिवर्तन गरेको देखिन्छ । स्पोर्टी डार्क थिममा रहेको क्यावीनमा अपहोलीस्ट्रीक पनि फक्स लेदरको प्रयोग गरिएको छ । १०.२५ इन्चको टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम, यूभीओ कनेक्टेड कार सिस्टमका साथै आपल कारप्ले तथा एन्डरोइड अटो सिस्टम पाउन सकिन्छ ।

अटोमेटिक क्लाईमेट कन्ट्रोल, सनरुफ तथा एयर प्यूरीफायर जस्ता फिचरहरु सेल्टोस एक्स लाईनमा उपलब्ध रहने छ ।


Back_to_top