काठमाडौं । भारतीय दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारी उत्पादक कम्पनी टीभीएसले अपाचे सिरिजमा नयाँ मोटरसाइकल ल्याउने भएको छ । कम्पनीले अपाचे १६५ आरपी ट्रेडमार्क दर्ता गरेसँगै नयाँ मोटरसाइकल आउन लागेको चर्चा सुरु भएको हो ।
कम्पनीले दर्ता गरेको ट्रेडमार्क आरपी (रेस पर्फमेन्स) सहायक ब्राण्डको रुपमा आउने छ । रेस पर्फमेन्समा पहिलो मोटरसाइकल १६५ सीसीको हुने अनुमान गर्न सकिन्छ ।
टीभीएसले सधै रेसिङ डिएनलाई महत्व दिदै आएको सन्दर्भमा दर्ता भएको ट्रेडमार्कलाई धेरैले महत्वका साथ हेरेका छन् । भारतीय मिडिया रिपोर्टलाई मान्ने हो भने नयाँ १६५ आरपी अहिलेको १६० फोर भीकै पर्फमेन्स मोडलको रुपमा बजारमा आउने छ ।
कम्पनीले यसलाई कहिलेसम्म बजारमा ल्याउने छ भन्ने विषयमा केही खुलाइएको छैन ।

