नयाँ एसयूभी नेपाल ल्याउन जुट्यो फक्सवागेन

काठमाडौं । फक्सवागेनको आधिकारीक विक्रेता पुजा इन्टरनेशनल नेपालले नयाँ एसयूभी नेपाली बजारमा ल्याउने तयारी सुरु गरेको छ । यही तयारीको क्रममा कम्पनीले आफ्ना सबै डिलरलाई बोलाएर भेला आयोजना गरेको हो ।

भेलालाई सम्बोधन गर्दै कम्पनीका सीईओ विवेक विजुक्छेले नयाँ मोडलको तयारीमा जुट्न आफ्ना डिलरहरुलाई आग्रह गरेका थिए । सेप्टेम्बर अन्तिमसम्ममा बजारमा आउने फक्सवागेनको नयाँ एसयूभी टाइगुनले नेपालमा भिडब्लूको नयाँ बाटो तयगर्ने उनको भनाई थियो ।

पुजा इन्टरनेशनल नेपालले नेपालमा १२ डिलर नेटवर्क पुर्याउने योजना सहित विर्तामोड, दाङ, नेपालगञ्ज र काठमाडौंमा दुई विक्री केन्द्र थप गर्ने योजना प्रस्तुत गरेको थियो ।

डिलरसँगको अन्तर्क्रियापछि सीइओ विजुक्छेले भने, ‘फक्स्वागेन टाइगुन कम्पनीको लागि गेमचेन्जर मोडलकोरुपमा आउने छ । यसमा फक्सवागेको सवै किसिमका सेवा र सुविधा रहने छ । फक्सवागेन समूहको एक्वीक्यू प्लेटफर्ममा उत्पादन भएको टाइगुनमा टिएसआई इन्जिन दिइएको कारण यसले नेपाली ग्राहकको मन जित्ने छ ।’


Back_to_top