सुजुकीले ल्यायो दशैं अफर, २ लाखसम्म नगद छुट

काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सिजी होल्डिङ्गको अटोमोटीभ डिभिजन सिजी मोटोकर्पले दशैं तिहार स्कीम सार्वजनिक गरेको छ । कम्पनीले विगतमा जस्तै यसवर्षको चाडपर्वमा पनि ‘सुजुकी पर्वोत्सव अफर’ ल्याएको हो ।

यस यो योजना अन्तर्गत ग्राहकले दुई लाख रुपैयाँ बराबरको नगद छुट, एक लाख पचास हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस, बीस हजार रुपैयाँसम्म लोयोल्टी बोनस, १ वर्षको सवारी बीमा र स्क्र्याच कार्ड मार्फत पचहत्तर हजारसम्म अतिरिक्त छुट पाउने छन् । यसका साथै स्टकमा रहेका मोडलमा क्लियरेन्स अफर भनेर विशेष छुटको व्यवस्था गरेको जनाएको छ ।

यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३८ वटै शोरूममा लागू हुनेछ । सुजुकीले आफ्ना विभिन्न मोडेलमा फरक फरक छुट हुने जनाएको छ । मारुती सुजुकी ब्रान्डले एसप्रेसो, वागेन आर, इग्निस, स्विफ्ट, बलेनो, डिजायर, सिआज, ब्रेजा, एसक्रस, एर्टिगा, एक्सएल सिक्स, इको, इको कार्गो र सुपर क्यारी जस्ता मोडल विक्री बितरण गर्दै आएको छ ।


Back_to_top