विश्वभर फैलिँदै सेरेस, यस वर्ष ५० हजार ईभी निर्यात गर्ने

काठमाडौं । चीनको उदयीमान इलेक्ट्रीक भेहिकल कम्पनी सेरेस मोटर्सले अन्तर्राष्ट्रिय बजारमा आक्रामक विस्तार गरिरहको छ । स्थापनाको छोटो समयमै कम्पनीले विश्वभर आफ्नो बजार विस्तार गर्न सफल भएको हो ।

सेरेस हाल नेपालसहित विश्वका ७० भन्दा बढी देशहरूमा पुगिसकेको छ । कम्पनीले सेरेस नर्थ अमेरिका, ल्याटिन अमेरिका, युरोप, मिडलइस्ट, साउथइस्ट एसिया क्षेत्रमा आफ्नो उपस्थिति जनाइसकेको छ ।

हालसम्म विश्वभर ५ लाखभन्दा धेरै संख्यामा गाडीहरू निर्यात गरिसकेको कम्पनीले जनाएको छ । यस वर्ष (सन् २०२४) मा ५० हजार ईभी निर्यात गर्ने लक्ष्य लिएको छ । नेपालमा पनि कम्पनीका दुई माेडलहरू सेरेश-३ र सेरेश मिनी बिक्रि भइरहेका छन् ।

बजार विस्तारकै क्रममा कम्पनीले हालै फिलिपिन्समा आफ्ना नयाँ मोडलहरू लन्च गरेको छ । कम्पनीले फिलिपिन्समा सेरेस ५ ईभी तथा सेरेस ५ एसएफ लन्च गरेको हो ।

प्योर ईभी र एक्टेन्डेड रेन्ज इलेक्ट्रीक भेहिकल दुवै पावरट्रेनमा रहेको सेरेस ५ नयाँ एमएफ प्ल्याटफर्ममा बनेको भेहिकल हो । यो प्ल्याटफर्म इन्ड्रष्टीकै पहिलो १५० सेफ्टी सिनारियो सहितको कम्प्रिहेन्सिभ सेफ्टी सिस्टम रहेको छ । यसमा २०० भन्दा धेरै सेफ्टी एलिमेन्टहरूको प्रयोग भएको छ । यो प्ल्याटफर्ममा इर्आर ईभी, प्योर ईभी तथा हाइब्रिड पावरट्रेन जस्ता वाइड अप्सन रहेको छ ।

चीनको प्रमुख अटोमोबाइल कम्पनी डोङफेङ ग्रुप र सोकोनको जायन्ट भेन्चरको रूपमा सन् २०१६ मा अमेरिकाको सनफ्रान्सिस्कोमा एसएफ मोटर्सको स्थापना भएको थियो । पछि सन् २०१९ मा यही कम्पनी रिब्राण्डिङ गरी सेरेस भएको हो । यसको हेडक्वाटर चीनको चोङकिङमा रहेको छ । यस कम्पनीमा २० हजार भन्दा धेरै व्यक्तिले काम गरिरहेका छन् ।

सेरेसले निकट भविष्यमै सेरेस ७ तथा सेरेस ९ जस्ता लग्जरीयस मोडल समेत लन्च गर्दैछ । चिनियाँ बजारमा ह्वावेको आइतो ब्याचमा बिक्री भइरहेका ईभी नै अन्तर्राष्ट्रिय बजारमा सेरेस ब्राण्डमा बिक्री हुने भएका हुन् । ह्वावेलाई अमेरिका तथा युरोपियन देशहरूले प्रतिबन्ध लगाएसँगै सेरेसले आफ्ना सिरिजमा ह्वावेको सबै लोगो हटाएको छ ।


Back_to_top