नाडा अटो शोमा पहिलो पटक सटल बस चल्ने

काठमाडौं । यही भदौ २६ गतेदेखि आयोजना हुने नाडा अटो शोमा पहिलो पटक सटल बस संचालन हुने भएको छ ।

अन्तर्राष्ट्रिय अटो शोहरुमा देखिने यस्ता सटल बस नाडा अटो शोमा पनि संचालन गर्न लागिएको नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले जानकारी दिएको हो ।

भृकुटीमण्डपमा ६ दिन चल्ने अटो शोमा यस पटक पार्किङ व्यवस्थापन मेला स्थल भृकुटीमण्डप बाहिर गर्न लागिएको छ । त्यसैले गाडी पार्किङ गरेर अटो शो स्थलमा आउन सटल बस संचालन गर्न लागिएको नाडाका अध्यक्ष ध्रुव थापाले जानकारी दिए ।

उक्त सटल बस निःशुल्क हुने उनले बताए । महानगर यातायातको बसहरु सटल बसको रुपमा संचालनमा ल्याइने नाडाले जनाएको छ ।


Back_to_top