सार्वजनिक भयो ‘हाई स्पीड’ इलेक्ट्रीक स्कुटर, रेन्ज २१२ किलोमिटर

काठमाडौं । लामो समयको प्रतिक्षा पश्चात भारतीय कम्पनी सिम्पल इनर्जीले हाई स्पीड इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले सिम्पल वान ब्राण्डको हाई स्पीड इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको हो ।

कम्पनीले सार्वजनिक गरेको ‘सिम्पल वान’ इलेक्ट्रीक स्कुटरमा भारतमा नै सबैभन्दा ठूलो साइज ५ किलोवाट आवरको लिथियम आयोन ब्याट्री दिएको छ । यसलाई पावरफुल बनाउन ८.५ किलोवाट क्षमताको रेटेड पावर भएको मोटर दिइएको छ । यसले ७२ एनएम टर्क जेनेरेट गर्छ ।

सिम्पल वान स्कुटरले केबल २.७७ सेकेन्डमा शून्यदेखि ४० किलोमिटर प्रतिघन्टाको रफ्तार भेट्टाउन सक्छ । यसको टप स्पीड क्षमता १०५ किलोमिटर प्रतिघन्टा छ ।

बैगंलोर वेस स्टार्टअप कम्पनीले सिम्पल वान इलेक्ट्रीक स्कुटरको सुरुवाति मूल्य १ लाख ४५ हजार भारतीय रुपैयाँ कायम गरेर बिक्री सुरु गरेको हो । यसको रेन्ज पनि कम्पनीको दावी अनुसार सिंगल चार्जमा २१२ किलोमिटर रहेको छ ।

यसमा दुई ब्याट्री प्याकमा दिएको छ । उक्त ब्याट्री प्याकलाई ० देखि ८० प्रतिशतसम्म चार्ज गर्न लगभग ६ घन्टा समय लाग्छ । फास्ट चार्ज पनि सपोर्ट गर्ने भएको कारण छिटो चार्ज पनि गर्न सकिने छ ।

सिम्पल वान इलेक्ट्रीक स्कुटरमा ट्यूवलर स्टील फ्रेमको प्रयोग गरिएको छ भने यसको फ्रन्टमा टेलिस्कोपीक तथा रियरमा मोनोशक सस्पेन्सन उपलब्ध छ ।

सिम्पल वान स्कुटरमा ७ इन्चको टीएफटी डिस्प्ले, ब्लूटूथ केनेक्टिभिटी, नेभिगेशन, म्यूजिक सिस्टम जस्ता फिचर पाउन सकिन्छ । यसमा ईको, ड्यास र सोनिक गरी तीन राइडिङ मोड उपलब्ध छ । यसमा सबै लाइट एलइडी प्रयोग भएको छ ।


Back_to_top