बेजोसको कम्पनीले बनाएको बेजोड ‘कन्भर्टिबल गाडी’

काठमाडौं । अमेजनका मालिक अरबपति जेफ बेजोसले लगानी गरेको स्टार्टअप ईभी कम्पनी ‘स्लेट अटो’ले पीकअप र एसयूभीमा कन्भर्ट गर्न सक्ने गाडी विकास गरेको छ । सन् २०२२ मा अमेरिकाको मिसीगनमा स्थापना भएको कम्पनीले ‘व्ल्याङ्क स्लेट’को ट्रेडमार्क दर्ता हो ।

कम्पनीको ट्रेडमार्कमै ‘वी बिल्ट इट, यु मेक इट’ स्लोगन दिएको छ । यसलाई फरक आकार र साइजमा परिवर्तन गर्न मिल्ने भएको कारण अहिले चर्चामा रहेको हो । अमेरिकामा बन्ने ईभीको मूल्यसमेत एकदमै राम्रो आउने जनाइएको छ ।

अमेरिकी अन्य कम्पनीहरु लुसिड र रिभियनले महँगो मूल्यमा विद्युतीय कार मोडलहरु अफर गरिरहेका छन् । यस्तोमा स्लेटले ग्राहकलाई करिब २० हजार अमेरिकी डलर हाराहारी मूल्यमा कन्भर्टेवल गाडी दिने जनाएको छ ।

दुई ढोकाको पीकअप ट्रक बडी स्टाइल रहेको यो विद्युतीय मोडलमा १५० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ । कम्पनीले यसमा ५२.७ किलोवाट आवर र ८४.३ किलोवाट आवरको दुई फरक ब्याट्रीप्याक दिएको छ ।

मिडसाइज एसयूभी जस्तै ४४३५ एमएम लामो, चौडाई १७९३ एमएम, उचाई १७६० एमएम रहेको गाडीमा ह्वीलवेस भने २७६६ एमएम लामो छ ।

कम्पनीले देखाएको ‘व्ल्याङ्क स्लेट’ मोडलमा क्लासिक भेहिकलको जस्तै इन्फोटेन्मेन्ट स्कृन छैन । तर, चालकको सहजताको लागि फोन माउण्टेड स्ट्यान र ट्याव्लेट माउण्ट अप्सन उपलब्ध छ । कम्पनीले यसमा म्युजिकको लागि स्पीकर र पावर विण्डो पनि दिएको छैन ।

ओरिजीनल्ली पिकअप ट्रकको रुपमा उत्पादन हुने स्लेट ट्रकलाई कम्पनीले बनाएको एसेशोरिज प्रयोग गरेर सजिलै थ्री डोर फाइभ सिटर एसयूभी बनाउन सकिन्छ ।


Back_to_top