साना विद्युतीय कार सुरक्षामा कति बलियो ?

काठमाडौं । विद्युतीय साधनको प्रयोग बढ्न थालेसँगै धेरै मानिसको चासो सुरक्षामा पनि हुने गरेको छ । विद्युतीय साधनको तल्लो भागमा हाइभोल्टेज ब्याट्री प्रयोग हुने भएको कारण समग्र विद्युतीय कारको सुरक्षा सम्बन्धमा नै धेरैले आशंका ब्यक्त गर्ने गरेका हुन् ।

साना सवारी साधनको सुरक्षाको विषयमा धेरै चासो नराख्ने जमातले पनि विद्युतीय साधनको सम्बन्धमा भने चासो राख्ने गरेको पाइन्छ । आफ्नो परिवार नै बोकेर हिड्नु पर्ने कारको सुरक्षा चासो हुनु स्वभाविक हो । पेट्रोल कारको तुलनामा विद्युतीय साना कारहरु सुरक्षा फिचरमा अब्बल छन् । तर, प्रश्न उनिहरुमाथि नै धेरै उठ्छ ।

अहिले बजारमा बिक्री हुँदै आएका सबै कारको ग्लोबल क्र्यास टेस्ट रिपोर्ट त उपलब्ध छैन । तर, ती कारमा रहेका सुरक्षा फिचर यसअघि ६०/७० लाख रुपैयाँ पर्ने कारमा नभएका पाउन सकिन्छ ।

क्र्यास टेस्टमा ०, १ वा २ स्टारभन्दा तल पाएका पेट्रोल कारमा मुख्य सुरक्षा फिचर नै एयरब्याग र एबीएस थिए । तर, साना ईभीमा एडास फिचर उपलब्ध छ । साथै, चालकलाई धेरै किसिमले सजक बनाउने फिचरहरु साना कारमा पाउन सकिन्छ ।

अहिले नेपालमा बिक्री हुँदै आएको टाटा टियागो ईभी ग्लोबल एनक्याप क्र्यास टेस्टमा फोर स्टार रेटिङ पाउन सफल कार हो । टाटाले बनाएको फ्यामली ह्याचव्याक इलेक्ट्रीक कार सुरक्षाको मामलामा अब्बल मानिन्छ ।

अहिले नेपालमा बिक्री हुँदै आएको साना कार टियागो बाहेक अन्य कारको क्र्यास टेस्ट रिपोर्ट बाहिर आएको छैन । साना कारमा एमजी कोमेट ईभी, सेरेस ई१, विलिङ विङ्गो, लीपमोटर टी-०३, डोङफेङ नामी, हेनरी, भाेल्टस्, केई इक्यूट ०२ र ०४ जस्ता मोडल बिक्री हुँदै आएका छन् ।

यी सबै विद्युतीय कारहरु फिचरको हिसावले निकै अब्बल छन् । सहरी क्षेत्रको लागि मध्यनजर गर्दै उत्पादन भएका साना विद्युतीय कार चलाउन सहज र यात्रा निकै सस्तो पर्ने भएको कारण धेरै मानिसको रोजाईमा पर्दै आएको छ ।


Back_to_top