सुपर शोको इलेक्ट्रीकको एक्सचेन्ज अफर, ४ हजार मासिक किस्तामा इलेक्ट्रीक स्कुटर

काठमाडौं । इलेक्ट्रीक स्कुटर कम्पनी सुपर शोकोले एक्सचेन्ज अफर ल्याएको छ । कम्पनीले डिसेम्वर १ देखि १६ तारिखसम्म चल्ने गरि इलेक्ट्रीक एक्सचेन्ज अफर ल्याएको हो ।

सुपर शोको इलेक्ट्रीक स्कुटर तथा मोटरसाइकलका लागि नेपालको आधिकारिक विक्रेता कम्पनी डिलाइफ स्टाइलले थप मूल्याङ्कन सहितको एक्सचेन्ज अफर ल्याएको हो ।

सुपर शोकोले ल्याएको एक्सचेन्ज अफरमा ग्राहकले कुनै पनि ब्रान्डको कुनैपनि पुराना मोटरसाइकल तथा स्कुटरसँग सुपर शोकोको नयाँ इलेक्ट्रीक स्कुटर तथा मोटरसाइकल एक्सचेन्ज गर्न सकिने छ । यो योजना अन्तर्गत पुरानो मोटरसाइकल तथा स्कुटरको मूल्याङ्कनमा थप २० हजार मूल्याङ्कन कम्पनीको तर्फबाट दिने कम्पनीले जनाएको छ । यो योजना अन्तर्गत ग्राहकले लो ईएमआई स्कीम समेत छनोट गर्न सक्नेछन् । लो ईएमआई अन्तर्गत ग्राहकले ३ हजार ९५८ रुपैयाँ मासिक किस्तामा इलेक्ट्रीक मोटरसाइकल तथा स्कुटर खरिद गर्न सक्नेछन् ।

सुपर शोकोले हाल नेपाली बजारमा तीन मोडलका स्कुटर तथा दुई मोडलका मोटरसाइकल विक्री गर्दै आएको छ । डिलाईफ स्टाइलले टीएस र टीसी मोडलका ४ भेरियन्टका मोटसाइकल उपलब्ध गराउँदै आएको छ । त्यस्तै स्कुटर तर्फ सीयू मीनी, सीयूएक्स र सीपीएक्स रहेको छ ।

सुपर शोकोका स्कुटर तथा मोटरसाइकले एक पटकको फुलचार्जमा ८० किलोमिटरदेखि २०० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दावी छ । सुपर शोकोले २ लाखदेखि ६ लाखसम्मका इलेक्ट्रीक दुई पाग्रे सवारी साधन विक्री गरिरहेको छ ।

यो एक्सचेन्ज योजनामा सुपर शोकोका कुनैपनि स्कुटर तथा मोटरसाइकल किन्न पाइने कम्पनीले जनाएको छ ।


Back_to_top