काठमाडौं । टीभीएस रोनीनले मोटरसाइकल अफ दि इयर अवार्ड जितेको छ । टीभीएस मोटर्सले केही समय अगाडि मात्र सार्वजनिक गरेको रोनीनले जागरन हाइटेक अर्वाड जितेको हो ।
कम्पनीले जुलाई २०२२ मा सार्वजनिक गरेको मोर्डन रेट्रो डिजाइन मोटरसाइकलले छोटो समयमा नै राम्रो चर्चा पाइरहेको छ ।टीभीएस रोनीनले रोयल इनफिल्ड हन्टर ३५० सँग प्रतिस्पर्धा गरिरहेको छ ।
टीभीएस मोटरसाइकलको नेपालमा लागि आधिकारि विक्रेता कम्पनी जगदम्वा मोटर्सले दशैंमा नै नेपाली बजारमा भित्र्याउन भनेको भएता पनि आयात प्रतिबन्धका कारण नेपाल भित्रन सकेको छैन ।
कम्पनीले हाल नेपालमा केही मोडलका मोटरसाइकल नेपालमा नै एसेम्वल गर्दै आएको छ भने रोनीन मोटरसाइकल नेपाल भित्र्याउन अझै केही समय लाग्नेछ ।
यस्तो छ मोटरसाइकल
टीभीएस रोनीनमा २२५.९ सीसी क्षमताको इन्जिन दिइएको छ । उक्त इन्जिनले ७७५० आरपीएममा २० बीएच पावर तथा ३७५० आरपीएममा १९.९३ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरका साथै स्लीपर क्लचसमेत ग्राहकले पाउने छन् ।
यसको फ्रन्टमा राउन्ड सेप एलइडी हेडल्याम्प रहेको छ । यसमा टी सेप एलइडी डिआरएल दिइएको छ । त्यस्तै, क्लासिक डिजिटल स्मार्ट क्लष्टर र भ्वाइस कमान्ड फिचरसमेत उपलब्ध रहेको छ ।
कम्पनीले यो मोटरसाइकलको फ्रन्टमा गोल्डेन कलर यूएसडी फर्क सस्पेन्सन र रियरमा मानोशक सस्पेन्सन दिएको छ । रोनीनको राइडिङ पोस्चर अप राइड पोजिशनिङ छ भने कम्र्फटका लागि वाइड सिंगल पिस सिट दिएइको छ ।
त्यस्तै यो मोटरसाइकलमा १७ इन्च ह्वील, दुबै चक्कामा डिस्क ब्रेकका साथै एबीएस फिचर पाउन सकिन्छ । यसका अलावा रोनीनमा राइड मोड, फुल एलइडी हेडल्याम्प, टी सेप एलइडी डीआरएल, साइलेन्ट स्र्टाट फिचर जस्ता फिचर दिइएको छ ।