विद्युतीय कार बजारमा पनि राज गर्न सुजुकीको सस्तो मोडल

काठमाडौं । भारतीय बजारमा बलियो पकड जमाएर बसेको जापानी ब्राण्ड सुजुकीले कम मूल्यको इलेक्ट्रीक कार बनाउने भएको छ । कम्पनीले सन् २०२३ मा देखाएको ‘इडब्लूएक्स’ कन्सेप्टमा आधारित रहेर बजेट ह्याचव्याक ल्याउने भएको हो ।

कम्पनीले यसलाई सन् २०२६ मा बजारमा ल्याउने यसअघि नै घोषणा गरेको थियो । भारतीय बजारमा ईभी उत्पादनमा कम्पनीहरु बीच प्रतिस्पर्धा सुरु भइसकेको समयमा सुजुकीले कम मूल्यको इलेक्ट्रीक कार ल्याएर आफ्नो ग्राहक वेसलाई बलियो बनाउने रणनीति लिएको सहजै अनुमान गर्न सकिन्छ ।

सुजुकीले यसलाई ‘के-ईभी प्लेटफर्म’मा बनाउने जनाएको छ । कम्पनीले यसमा रहने ब्याट्री र मोटर साइजको विषयमा केही जानकारी नदिएपनि रेन्ज भने २३० किलोमिटर हाराहारी रहने जनाएको छ ।

अहिले कम्पनीले बिक्री गर्दै आएको वागेनआरको झल्को आउने ‘ईडब्लूएक्स’ कन्सेप्टको लम्बाई ३३९५ एमएम, चौडाई १४७५ एमएम र उचाई १६२० एमएम रहेको छ । कम्पनीले बिक्री गरिरहेको एक्सप्रेसोभन्दा सानो साइजमा यो उपलब्ध हुनेछ ।

यसका अलवा सुजुकीले आफ्नो पहिलो इलेक्ट्रीक एसयूभी ईभीएक्स यहि वर्ष बजारमा ल्याउने गरी तयारी गरिरहेको छ । सम्भवत २०२४ को मध्येसम्ममा ईभीएक्स नेपालमा आउने छ ।


Back_to_top