बिक्री नभएपछि ‘टी-२०० एड्भेन्चर’को मूल्य ५० हजारले घट्यो

काठमाडौं । एसवाईएम मोटरसाइकलको मूल्य घटेको छ । कम्पनीले एसवाईएम टी २०० एड्भेन्चरको मूल्य घटाएको हो ।

ताइवानी उत्पादन एसवाईएमको एड्भेन्चर के जी इन्टरकन्टिनेन्टल प्रालिले विक्री गर्दै आएको हो । कम्पनीले टी २०० एड्भेन्चरको मूल्य ५० हजार रुपैयाँले घटाएको हो ।

कम्पनीका कर्मचारीका अनुसार मोटरसाइकलको ब्यापार कम भएँसगै मूल्य घटाइएको हो । सरकारले दिएको कर सहुलियतमा यो मोटरसाइकल पर्दैन ।

सरकारले २०० सीसीभन्दा माथिका मोटरसाइकलमा २० प्रतिशतदेखि अन्तःशूल्क छुट दिएको हो । यो मोटरसाइकलमा २०० सीसीभन्दा कम क्षमताको इन्जिन रहेको छ ।

यो बाइक १८३ सिसीमा एफआई, लिक्विड कुलिङ इन्जिन रहेको छ । यो इन्जिनले १८.३५ पीएस पावर र १५.७ एमएम टर्क प्रदान गर्नेछ । ६ स्पीड गियरबक्स, डवल च्यानल एबिएस, अगाडि १९ इन्च र पछाडि १७ इन्चको टायर यो मोटरसाइकलको मुख्य विशेषता हो ।

यो मोटरसाइकलको मूल्य ६ लाख २५ हजार रुपैयाँबाट घटाएर ५ लाख ७५ हजार रुपैयाँ निर्धारण गरिएको छ ।


Back_to_top