टाटा मोटर्सले टाटा ४५ एक्स अवधारणामा निर्माण भएको अल्ट्रोजको ईभी भेरियन्ट निर्माण गर्ने भएको छ । अल्ट्रोजको कम्बस्चन इन्जिनयुक्त कारसँगै यसको इलेक्ट्रीक प्रोटोटाइपलाई कम्पनीले आजबाट सुरु हुने जेनेभा अटो शोमा सार्वजनिक गर्ने भएको हो ।
उक्त गाडी सार्वजनिक हुनु अगाडि नै मोटरबीमले त्यसको तस्विरहरु बाहिर ल्याएको छ ।
इलेक्ट्रीक अल्ट्रोजमा एलइडी हेडल्याम्पको साथै फ्रन्ट ग्रिलमा ईभीको ब्याज लगाइएको छ । उक्त मोडललाई जेनेभा मोटर शोमा प्रदर्शन गर्ने तयारी भइरहेको छ । यसको इन्टेरियरमा निक्कै स्पेश हुनुका साथै विभिन्न आधुनिक विशेषता दिने कम्पनीले जनाएको छ । यसले फुल चार्जमा २०० किलोमिटर रेन्ज प्रदान गर्ने अनुमान गरिएको छ ।
ग्यासोलिन अल्ट्रोज
टाटा मोटर्सले आज कम्बस्चन इन्जिनयूक्त ह्याचब्याक ‘अल्ट्रोज’ जेनेभाबाट सार्वजनिक गर्ने भएको छ । उक्त मोडलले सुुजुकी बलेनो, हुन्डाई इलाइट आई–२०, होन्डा ज्याज र फक्सवागेन पोलोसँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।
अल्ट्रोज २.० डिजाइनमा निर्माण भएको कम्पनीको दोस्रो मोडल हो । कम्पनीले यसअघि ह्यारीयर सोही डिजाइनमा निर्माण गरेकाे थियाे ।
यो मोडलमा १.२ लिटर टर्बोचार्ज्ड रेभोट्रोन थ्री सिलिन्डर पेट्रोल इन्जिन र माइल्ड हाइब्रिड प्रणाली उपलब्ध हुने जनाइएको यो कारले कस्तो व्यापार गर्ला त्यो भने हेर्न केही समय कुर्नुपर्ने हुन्छ । यसको सुरुवाति मूल्य भारतीय बजारमा ५ लाख ५० हजार भारतीय रुपैयाँ रहने अनुमान गरिएको छ ।


