ईभीपछि टाटाको नजर ‘हाइड्रोजन टेक्नलोजी’मा, कमिन्ससँग सम्झौँता

काठमाडौं । टाटा मोटर्सले ईभीमा प्राप्त गरेको सफलतापछि हाइड्रोजन टेक्नलोजीमा लगानी बढाउने भएको छ । कम्पनीले इन्जिन उत्पादनमा निकै ठूलो सफलता पाएको कमिन्स इंकसँग मिलेर हाइड्रोजन टेक्नलोजीको विकास गर्ने तयारी थालेको हो ।

टाटा मोटर्सले हाइड्रोजन टेक्नलोजीको इन्जिन विकास तथा प्रविधि हस्तान्तरण गर्ने विषयमा सम्झौँतामा हस्ताक्षर गरेको हो । यी दुई कम्पनीले संयुक्त रुपमा हाइड्रोजन पावर इन्टरनल कम्बस्चन इन्जिन, फिउलसेल तथा ब्याट्री इलेक्ट्रीक भेहिकल सिस्टमको विकास गर्ने लक्ष्य लिएको हो ।

हिजो एक कार्यक्रममा टाटा सन्सको हेडक्वाटर ‘बम्बे हाउस’ मुम्बईमा टाटा सन्सका एक्जुकेटीभ चेयरम्यान एन चन्द्रसेखरन र कमिन्स इंकका एक्जुकेटीभ चेयरम्याम टम लिनबारर्गरको उपस्थितिमा सम्झौंतामा हस्ताक्षर भएको हो ।

भारतको सबैभन्दा ठूलो कमर्सियल अटोमोवाइल कम्पनी टाटा मोटर्सले कमर्शियल गाडीलाई जीरो इमिसन बनाउनका लागि हाइड्रोजन कम्बस्चन वा फियुलसेल इन्जिनको विकास गर्ने योजना बनाएको हो । कमिन्सले बी सिक्स ७ एच हाइड्रोजन इन्जिनको विकास गरिसकेको छ । जसले २९० हर्स पावर १२०० न्यूटन मिटर पीकटर्क दिने इन्जिन प्लेटफर्म बनाएको छ ।

त्यस्तै, कमिन्सको फोर्थ जेनेरेशन हाइड्रोजन फिउलसेल इन्जिनले मिडियम र हेवी डिउटी ट्रक तथा बसको लागि उपयुक्त हुनेछ । यो फिउलसेल इन्जिनले १३५ किलोवाट सिंगल तथा २७० किलोवाट डिउल मोडल रहेको छ । त्यस्तै कमिन्ससँग लिथियम आयोन फोस्फेट (एलपीएफ) तथा निकेल कोवाल्ट एण्ड म्याग्नीसीयम (एनसीएम) दुबै ब्याट्री प्याकको अप्सन रहेको छ ।


Back_to_top